राजपाका दुई विकल्पः सडक आन्दोलन कि सरकार ?

राजपाका दुई विकल्पः सडक आन्दोलन कि सरकार ?

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपाललाई सरकार या सकड आन्दोलनमध्ये एउटा रणनीति तय गर्न नेतृत्वमाथि दबाब परेको छ ।

राजपाको दुई दिनअघि सम्पन्न राजनीतिक समितिको बैठकमा केन्द्रीय नेताहरुले नेतृत्वलाई कि त सरकारमा जान, कि त सडक आन्दोलनमा लाग्नेबारे स्पष्ट हुन दबाब दिएपछि राजपा नेतृत्वले रणनीति तय गर्न बाध्य बनेको हो ।

नेतृत्वमाथि तीब्र दबाब

आफैँले समर्थन गरेको सरकारले माग सम्बोधन गर्ने अवस्था नदेखिएपछि अब कि त सरकारमा गएर दबाब दिने कि त सडकमा ओर्लेर दबाब दिने दुई विकल्प राजापसँग रहेका छन् । 

यी दुई विकल्पमा तत्काल स्पष्ट भएर अगाडि बढ्न अधिकांश केन्द्रीय सदस्यहरुले  नेतृत्वलाई सुझाव दिएका थिए । पार्टी नेतृत्वको दिशाहीनताप्रति केन्द्रीय सदस्यहरुको असन्तुष्टि राजनीतिक समितिको बैठकमा छताछुल्ल भएको थियो । ‘केही दिनमै सरकारमा जाने या आन्दोलनको बाटो रोज्ने विषयमा नेतृत्वले ठोस निर्णय गर्दैछ’, राजपाका महासचिव केशव झाले अन्नपूर्णसँग भने ।

नेता राजकिशोर यादवले सोमबारको संसदीय दलको बैठकमा पनि माग पूरा गर्न बेवास्ता गरिहेकाले अब सरकारसँग र संसदमा प्रस्तुत हुने रणनीतिबारे गम्भीर छलफल भएको बताए । ‘सरकारसँग र संसद्मा प्रस्तुत हुने विषयमा बैठकमा सांसद्सँग राय सुझाव लिने काम भएको छ । सरकारलाई कडा दबाब दिनुपर्ने सुझाव पनि नेताहरुबाट आाएको  छ’, नेता राजकिशोर यादवले अन्नपूर्णसँग भने । राजपाले संविधान संशोधन लगायतका मुद्दाबारे सरकारको उदाशीनताप्रति थप रणनीति तय गर्न लागेको हो ।

प्रधानमन्त्रीलाई भेट्ने

पार्टी अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै यो विषयमा कुराकानी गर्ने बताएका छन् । ‘केही दिनभित्रै सरकारसँग कुरा गर्न गइरहेका छौँ, सरकारले के प्रतिक्रिया दिन्छ, त्यस आधारमा आगामी रणनीति तय गर्छौँ’, उनले अन्नपूर्णसँग भने । ‘माग सम्बोधन नहुदाँसम्म हामी सरकारमा जाने अवस्था छैन, सडकको बाटो नै रोज्नेपर्ने हुन्छ’, अध्यक्ष महतोले अन्नपूर्णसँग भने ।  

यी हुन् एजेन्डा

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना भ्रमण अगाडि पनि राजपालाई सरकारमा आउन आग्रह गरेका थिए । तर राजपाले संविधान संशोधनको माग पूरा गर्ने ठोस प्रतिवद्धता, कैलाली घटनाका दोषी रेशम चौधरीको मुद्दा फिर्ता तथा बन्दीको रिहाइको माग अगाडि सारेको थियो ।

यी कुरा पूरा नहुँदासम्म सरकारमा सहभागी नहुने राजपाले स्पष्ट अडान राख्दै आएको छ । तर राजपाको मागप्रति प्रधानमन्त्री केपी ओली अझै कडा बन्दै गएका छन् । संविधान संशोधन कसैले दोहोरी गाउँदैमा गर्न नसकिने उनले स्पष्ट गरिसकेका छन् । आफ्ना माग पूरा हुने स्थिति नदेखेपछि राजपाको सत्तारोहरण अनिश्चित बन्न पुगेको हो ।

अध्यक्ष मण्डलबाट आकाँक्षीहरु संख्या धेरै हुनु तथा संसदीय दलको विधान नहुँदा संसदको पहिलो अधिवेशन भएको चार महिना बितिसक्दा समेत राजपाले संसदीय दलको नेता छान्न सकिरहेको छैन । संसदीय दलको नेता छनोटमा अलमल गरिहेको राजपाको संसदमा समेत भूमिका प्रभावकारी बन्न सकिरहेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.