खाल्डोमा डुबेर मृत्यु

खाल्डोमा डुबेर मृत्यु

राजविराज : वर्षाको पानी जमेको खाल्डोमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ। घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर कृष्ण सवरन गाउँपालिका-३ डंग्राहा टोलका चार वर्षीय जीवन मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

खेल्ने क्रममा पानीको खाल्डोमा परेको अवस्थामा उनका बुवा जगदीश मण्डलले तत्कालै राजविराजस्थित अञ्चल अस्पताल भर्ना गराएकोमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको एसपी मुकेशकुमार सिंहले बताए। शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.