गोरखा–चीन सडक : सात वर्षमा तीन प्रतिशत प्रगति

गोरखा–चीन सडक : सात वर्षमा तीन प्रतिशत प्रगति

गोरखा : गोरखादेखि छेकम्पार हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण सुरु भएको सात वर्षमा करिब तीन प्रतिशत प्रगति भएको छ । नल्याङभञ्ज्याङ छेकम्पार चुम्चेत सिर्दीबास माछाखोला बारपाक सडक नामको सो सडकका लागि यस वर्ष विनियोजित छ करोड रुपैयाँ मध्ये ४५ प्रतिशत मात्र प्रगति भएको सडक योजना कार्यालयले जनाएको छ ।

सो सडक निर्माणको काम तीन वटा खण्डमा भइरहेको छ । ‘पाँच करोड रुपैयाँको एउटा कामको ४५ प्रतिशत मात्र प्रगति भएको छ । एक करोडको अर्को प्याकेजको कामको करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ’, एघारकिलो–छेपेटार–बारपाक सडक योजना कार्यालय प्रमुख अमृतमणि रिमालले भने, ‘बारपाकदेखि माछाखोलासम्मको खण्डमा भने केही प्रगति देखिएको छ ।’ लप्सीबोट माछाखोला जोड्ने काम भने बाँकी रहेको उनले बताए । सो खण्डको बारपाकदेखि लप्सीबोटसम्म ट्रयाक खन्ने काम सम्पन्न भएको उनले बताए ।

सो सडकको लम्बाइ १ सय २० किलोमिटर छ । तीन खण्ड गरेर हालसम्म ३० किलोमिटर ट्र्याक खन्ने काम मात्र भएको प्रमुख इन्जिनियर रिमालले जानकारी दिए । ‘सरकारले अन्य उत्तरदक्षिण सडक भनेर कम प्राथमिकतामा राखेको छ’, रिमालले भने ‘छेकम्पारदेखि नल्याङभञ्ज्याङसम्मको एउटा खण्डमा १८ किलोमिटर र बारपाकदेखि लप्सीबोटसम्मको १२ किलोमिटर मात्र ट्र्याक खनिएको छ ।’ बजेट पनि कम आउने गरेको उनले बताए ।

करिब पाँच हजार दुई सय मिटर अग्लो हिमाल पार गरेर चीन जोड्ने सडक निर्माण गर्न लागिएको छ । छेकम्पारको म्हु गुम्बादेखि माथि सडक खन्ने काम गत वर्षदेखि रोकिएको निर्माण कम्पनी गोरखा एप्रोप्रियटका उत्तम भट्टले जानकारी दिए । सडक निर्माण गर्न हेलिकोप्टरबाट डोजर बोकेर लगिएको थियो । ‘गतवर्ष म्हुगुम्बादेखि माथि पुगेपछि ठूलो पहिरो गयो’, भट्टले भने, ‘माटो कटिङको ठेक्का थियो तर त्यहाँ पहरा फेला प¥यो । पहरा कटिङ गर्न ठेक्का नै परिवर्तन गर्नु परेकाले काम ढिला भएको हो ।’ यो वर्ष पहिरोमा तालजाली लगाउने काम भएको उनले बताए ।

सरकारी प्राथमिकतामा पनि नपरेर काम ढिला भएको सडक योजना कार्यालयका प्रमुख रिमालले बताए । ‘यो सडकको चार अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान हो’, उनी भन्छन्, ‘सरकारको प्राथमिकतामा पनि पर्दैन । बजेट पनि कम विनियोजन हुन्छ । विनियोजन भएजति पनि काम हुन सक्दैन । भौगोलिक विकटता तथा हावापानीको प्रतिकूलताका कारण काम ढिलो भएको हो ।’

चीन सरकारले तिब्बतको छेकम्पार सीमा नजिकै रहेको ‘स्याक’ भन्ने ठाउँसम्म सडक ल्याइपु¥याएको छ । स्याकबाट करिब १३ किलोमिटर दूरीमा गोरखाको सीमा नल्याङभञ्ज्याङ पर्छ । छेकम्पारबाट निर्माण सुरु गरिएको सडक आठ वर्षमा जम्मा १८ किमि ट्र्याक खन्ने काम मात्र भएको छ ।

गोरखादेखि नल्याङभञ्जायाङसम्मको १ सय २० किलोमिटरमध्ये गोरखादेखि नौ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही सडकखण्डमा पर्ने चार वटा मोटरेबल पुल जापानी सहयोग नियोग जाइकाले निर्माण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.