प्रचण्ड भन्छन् : केसीका माग हुबहु पूरा हुँदैनन्

प्रचण्ड भन्छन् : केसीका माग हुबहु पूरा हुँदैनन्

चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग हुबहु पूरा गर्न नसकिने बताएका छन्।

‘प्रतिनिधिसभा सार्वभौम संस्था हो, त्यसलाई ‘डिक्टेक्ट’ गर्न मिल्दैन,’ बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग नेकपाका अध्यक्ष दाहालले भने, ‘यसले सार्वभौम जनता र लोकतान्त्रिक अभ्यासको अपमान हुन्छ, डा. केसीका माग हुबहु पूरा हुँदैनन् ।’

उनले माथेमा प्रतिवेदनमाथि सरकारले थपघट  र परिमार्जन  गर्न सक्ने बताए । अध्यक्ष दाहालले भने ‘प्रतिवेदन माथि थपघट र परिमार्जन गर्ने अधिकार सरकारले राख्छ भने त्यसको अन्तिम फैसला संसदले गर्छ।’

उनले छलफलका लागि आएका चिकित्सक संघको टोलीलाई डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गरी वार्ता गराउन आफूले सुझाएको बताए ।

नेकपाका अध्यक्ष दाहालले प्रदेशको अस्थायी राजधानीलाई स्थायी बनाइने संकेत गरेका छन् । ‘प्रदेशको राजधानीलाई चलाएमा सबैतिर खैलाबैला हुन्छ, त्यसकारण अहिले कतै राजधानी फेरिहाल्ने पक्ष नेकपा छैन,’उनले भने । 

उनले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका दोषी छविलाल पौडेल अदालतको फैसलाको सम्मान गर्दै समस्या समाधानको सकारात्मक वातावरण बनाउन करागार गएको बताए ।     
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.