राजमार्गमै बजार

राजमार्गमै बजार

ढल्केवर : सातामा ६० लाखको कारोबार हुने धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित कृषिउपज थोक बजार डुुबानमा परेपछि राजमार्गमै किनमेल हुने गरेको छ। बजारको पानी निकास हुने नाला जाम भएपछि एक महिनादेखि पूर्व–पश्चिम राजमार्गमै बजार लाग्ने गरेको हो।

राजमार्गमै बजार लाग्दा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ। साताको आइतबार, बुधबार र शुक्रबार लाग्दै आएको बजार अहिले पूर्व–पश्चिम राजमार्गकै किनारमा लाग्न थालेको छ। सडकमै उभिएर दैनिक उपभोग्य वस्तु किनमेल गर्दा सवारी साधनको आवागमन असहज बनेको चालक बताउ“छन्।

ट्राफिक प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज बलराम सिग्देलले राजमार्ग ठप्प हुने गरी बजार लाग्न थालेपछि ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको बताए। ‘कृषि बजार व्यवस्थापन समितिले बजार ठेक्का लगाएर रकम संकलन गर्छ तर बजार व्यवस्थापन गर्न चासो दिएको छैन’, उनले भने, ‘बजार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई भनेका छौं।’

एक बिघा दुई कट्ठा क्षेत्रफलमा फैलिएको बजारको पानी निकास नहुँदा व्यापारी र ग्राहक राजमार्गतिर सरेका हुन्। जमेको पानीमा कुहिएका फोहोर वस्तुको दुर्गन्धले स्थानीयलाई सास्ती भएको जनाइएको छ। व्यवस्थापन समितिले बजार सफाइका लागि चार कर्मचारी राखेको छ। ‘बजारमा पानी जम्छ, एक महिनादेखि राम्ररी सरसफाइ भएको छैन’, बजार सफाइ गर्ने सुर्जी मल्लिक (डोम)ले भनिन्। व्यापारी राजेन्द्र दासका बजारमा पानी जम्ने भएकाले व्यापार गर्न सडकमा जानुपर्छ।

हरिहरपुर, नकट्टाझिज, धुमासन, प्रेमनगर, पसवलपुर, कुसुमबिसौना, बेंगाडाबर, बटेश्वर, जमुनिवास, ढल्केवरलगायत तीन दर्जन गाउँको कृषि उत्पादनको मुख्य बजारका रूपमा ढल्केवर छ। तर, बजार व्यवस्थान नहुँदा किसानलाई उत्पादन बिक्री गर्न सास्ती खेप्नुपरेको छ। यहाँ कृषिउपज खरिद गर्न भारतका सीतामढी, सुरसन्ड, महोत्तरीको जलेश्वर, बर्दिबास, मकवानपुरको हेटौंडालगायत स्थानका व्यापारी आउने गरेका छन्।

बजार विकास निर्देशनालय काठमाडौंको २२ लाख लागतमा केही वर्षअघि बजारमा माटो पुर्ने र नाला बनाउने काम भएको व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष रामस्वार्थ महतोका अनुसार स्थानीय विन्देश्वर यादवको जग्गानजिकै भएर बजारको पानी बग्दै आएको थियो। तर, यादवको जग्गामा रहेका व्यापारीले नाला जाम गरेको उनको भनाइ छ। ‘हामीले नाला मर्मत गर्नका लागि नगरपालिकामा पत्र पठाएका थियौं तर नगरपालिकाले यसमा ध्यान दिएको छैन’, उनले।

मिथिला नगरपालिकाका प्रवक्ता दीपकजंग थापाले बजार व्यवस्थापनमा नगरपालिका चुकेको स्वीकार गरे। ‘हामी दुई दिनभित्र नाला सफा गर्छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.