कस्तो थियो चर्चित फुटबलरको बालापन ?

कस्तो थियो चर्चित फुटबलरको बालापन ?

भाइबहिनीहरू, विश्वभर अहिले विश्वकपकै चर्चा छ। पक्कै पनि विश्वकपले तिमीहरूलाई पनि छोएकै होला। विद्यालय, घरमा मात्रै नभई घरदेखि विद्यालय जानेआउनेक्रममा बस वा भ्यानमा पनि साथीहरूसँग तिमीहरूले यही विषयमा गफ गर्ने गरेका होलाऊ। विगत एक महिनादेखि टेलिभिजनको पर्दामा प्रत्यक्ष हेरिँदै आएको विश्वकप फुटबलको आज अन्तिम खेल अर्थात फाइनल हुँदैछ। यो पटकको विश्वकपको उपाधि कुन देशले लैजाने हो भन्नेमा तिमीहरू मात्रै होइन, विश्वभरका सबैमा कौतुहलता जागेको छ।

विश्वकपमा यति राम्रो खेल खेलेर आफ्नो देशको नाम विश्वभर चिनाउने खेलाडीहरूको बाल्यकाल कस्तो थियो त ?  यस बारेमा तिमीहरूमध्ये धेरैलाई जिज्ञासा लाग्न सक्छ। चर्चित फुटबल खेलाडी रोनाल्डोले यस वर्ष आफ्नो देशलाई विश्वकपको अन्तिम चरणसम्म पुर्‍याउन सकेनन्। यद्यपि आज पनि विश्वभर उनका हजारौं प्रशंसक छन्। रोनाल्डो मारिया डोलोरेस डोस स्यान्टोस र जोस डिनिस एभिरोका चार सन्तानमध्येका कान्छा हुन्। उनका बाबुले आफूलाई सबैभन्दा मनपर्ने नायक रोनाल्डो रेगनका नाममा आफ्ना छोराको नाम राखेका हुन्।

उनी आफ्ना बाबुमार्फत नै फुटबल खेलमा प्रवेश गरेका हुन्। उनका बाबु एक खेल क्लबमा म्यानेजरका रूपमा काम गर्थे। रोनाल्डोको बाबुले धेरै नै रक्सी पिउने हुनाले उनको बाल्यकालका जीवन निकै दुःखद् रहे। त्यसैले छोराछोरी हुर्काउन उनका आमाले कुक र सरसफाइको काम गर्ने गर्थिन्। सन् २००५ मा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि खेल्न सुरु गर्दा उनका बाबुको रक्सीकै कारण मिर्गौलाको समस्याबाट निधन भएको थियो। त्यसैगरी यसको दुई वर्षपछि उनको आमालाई पनि स्तन क्यान्सरले सताएको थियो।

१० वर्षकै उमेरमा फुटबल नै खाने, सुत्ने र पिउने खेलाडीको रूपमा रोनाल्डोले आफ्नो परिचय बनाइसकेका थिए। उनको फुटबलमा यति धेरै लगाव थियो की उनी खाँदाखाँदै छाडेर हिँड्थे भने सुत्नेबेलामा बेडरुमको झ्यालबाट पनि फुटबल खेल्नकै लागि भागेर हिँड्थे।

तिमीहरूमध्ये धेरैको अर्का मनपर्ने खेलाडी लियोनेल मेस्सीका बाबु एक फ्याक्ट्रीमा काम गर्थे भने उनका आमा सरसफाइ गर्थिन्। पाँच वर्षको उमेरमा नै मेस्सीले आफ्ना बाबुले सिकाउने गरेका एक स्थानीय क्लब ग्रान्डोलीमा फुटबल खेल्न सुरु गरेका हुन्। आठ वर्षको उमेरमा उनी निवेल्स वल्ड ब्वायज नामक एक समूहमा आबद्ध भएर खेल्न थालिसकेका थिए। चार वर्षको अवधिमा यो समूहले एउटै मात्र म्याच हारेकाले उनीहरूलाई ‘द मेसिन अफ ८७’ भन्ने नामले चिनिन्थ्यो। ११ वर्षको उमेरमा मेस्सीलाई बढ्ने हर्मोनको कमी हुने रोगले सतायो। उनी निकै प्रतिभाशाली खेलाडी भए तापनि त्यहाँका स्थानीय क्लबले उनको उपचारको लागि खर्च दिएनन्। त्यतिबेला नै एफसी बार्सिलोनाका निर्देशक काल्र्स रिस्याक त्यहाँ आएर उनलाई पछि स्पेन आएर खेल्ने भए उपचारका लागि सहयोग गर्ने बताए। त्यसपछि मेस्सी बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भए। सन् २००० देखि उनले आफ्नो फुटबलको करियर सुरु गरेका थिए।

व्यावसायिक खेलाडीका रूपमा रहेका आफ्ना बाबु नेमार स्यान्तोस सिनियरसँग नेमारले फुटबल खेल सिकेका थिए। सडक र फुटसलका खेलाडीका रूपमा नेमार बाल्यकालमा चर्चित थिए। १४ वर्षको उमेरमै उनलाई रियल म्याड्रिड एकेडेमीले लिन तयार भइसके तापनि उनलाई एफसी स्यान्तोसले त्योभन्दा बढी तलब दिएपछि उनी सोही क्लबमा रहिरहे।

जर्मनीका खेलाडी थोमस मुलर सानोमा निकै शालीन स्वभावका थिए। उनलाई गोल मेसिनका रूपमा चिनिन्थ्यो। उनी करिब ११ वर्षको उमेरमा नै बेयर्न मुनिक नामक क्लबले उनलाई लिएको थियो। मुलरको पहिलो क्लब टीएसभी पहल थियो। एक सिजनमा क्लबले खेलेका खेलमा भएका एक सय ६५ गोलमध्ये उनी एक्लैले एक सय २० गोल गरेका थिए। यस विश्वकपको फाइनलमा पुगेका दुई टोलीमध्ये फ्रान्सका केलियन एमबाप्पेको यो पहिलो विश्वकप भए पनि उनको प्रस्तुतिले निकै चर्चा कमायो। १९ वर्षीय यी खेलाडी विश्वकै दोस्रा महँगा फुटबल खेलाडी हुन्। फ्रान्सको राजधानी पेरिसको उत्तरपूर्वमा रहेको बोन्डीमा जन्मिएका एमबाप्पेका बाबु कोच थिए भने आमा पूर्वह्यान्डबल खेलाडी थिइन्। फान्सले सन् १९९८ को विश्वकप जितेको ठीक ६ महिनापछि उनको जन्म भएको थियो। उनी फुटबलका यति क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो।

आफ्नो टोलीलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने क्रोयसियाका किपर ड्यानियल सुवासिक पनि सानैदेखि फुटबलमा धेरै रुचि राख्थे। सन् २००३ मा क्लब जडारबाट व्यावसायिक खेल जीवन सुरु गरेका उनले यसको तीन वर्षपछि अन्तर्राष्ट्रिय खेलमा करिअरको थालनी गरेका हुन्।

केलियन एमबाप्पे फुटबलका यति धेरै क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.