हत्यापछि गाडिएको अवस्थामा किशोरीको शव भेटियो

हत्यापछि गाडिएको अवस्थामा किशोरीको शव भेटियो

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ।

कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले जानकारी दिए। हत्या गरेर हव खोलामा बालुवा र स्याउलाले छोपेर छोडिएको प्रहरीको अनुमान छ।

शव जनावरले खाएको अवस्थामा हड्डी मात्रै भेटिएको छ। कविताको घरपरिवारले खोजी कार्य गरेपनि प्रहरीलाई भने आइतबार मात्रै जानकारी गराएका थिए। प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्दा स्थानीय एकजनामाथि शंका लागेपछि सोधपुछ गर्ने क्रममा उनले नै शव गाडिएको स्थान बताएका थिए।

निज व्यक्तिलाई नियन्त्रणमा लिएर घटनास्थल पुग्दा किशोरी शव लालझाडीको जङ्गलमा फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय मदन गिरी पक्राउ परेका छन्। उनले बयानमा आफूले सहयोग मात्रै गरेको तर हत्यारा भने भारत फरार भइसकेको बताएका छन्। उनले बयानमा नाम पोलेका व्यक्तिको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनी पनि स्थानीय नै रहेको बुझिएको छ।

‘हामीले घट्नाबारे बुझिरहेका छौं’ डीएसपी सेट्टीले भने,‘ एकजना पक्राउ परिसकेको छ, अब घट्नाका बारेमा सबै कुरा खुल्नेछ’।

पोस्टमार्टमका लागि शव लिन प्रहरी टोली त्यसतर्फ गएको छ। हत्या गरिएकी किशोरी स्थानीय प्लस टु कलेजमा अध्ययनरत थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.