टालटुले विकास: एक सातामै उप्कियो पिच, ढाकछोप गर्दै ठेकेदार
काठमाडौँ: देशभर अहिले असारे विकास चलिरहेको छ। आर्थिक वर्ष सकिन लाग्दासमेत विकास बजेट मनपरी खर्चन गर्ने क्रम रोकिएको छैन । देशका ग्रामिण क्षेत्रदेखि संघीय राजधानी काठमाडौँमा समेत बजेट मनपरी खर्च गर्ने क्रम जारी छ।
यस्तै अवस्था देखिएको छ राजधानीको पेप्सीकोला-एयरपोर्ट गेट-खहरे-काँडाघारी सडकमा । निर्माण कम्पनीले पिच गरेको एक साता नबित्दै खाल्डा परेपछि यहाँ अहिले निर्माण कम्पनी ढाकछोपमा लागेको छ।
पिच गरेको एकसातमै खाल्डो भएपछि निर्माण कम्पनीले यहाँको सडकमा अलकत्राको घोल हालेर आफ्नो कम्जोरी ढाकछोप गर्ने कोशिश गरेको हो । सातामै उप्किएको सडकको पिच सरकारलाई हस्तान्तरण नगरी खाल्डो परेपछि निर्माण कम्पनीले अलकत्राको घोलको सहयोग लिएको हो ।
प्रतिक्रिया दिनुहोस !