मोटरबाटो खनेपछि तीन गाउँमा पहिरो

मोटरबाटो खनेपछि तीन गाउँमा पहिरो

गोरखा : विकासका लागि निर्माण गरिएको मोटरबाटोले पहिरो निम्त्याएपछि गोरखाका तीन गाउँका बासिन्दा जोखिममा बस्न बाध्य भएका छन् । केही दिनदेखि निरन्तर पानी पर्न थालेपछि मोटरबाटो निर्माण गरिएको धार्चे गाउँपालिका ५ को लप्सीबोट-७ को खानीबेंसी र लापुगाउँका बासिन्दाले पहिरोको जोखिम बढेको जनाएका छन् ।

भूकम्पपछि हालै निर्माण गरिएको घर पनि पहिरोको जोखिममा परेको स्थानीयको भनाइ छ । ‘गाउँमाथि पनि, गाउँमुनि पनि मोटरबाटो बनाइएको छ’, लप्सीबोटका रामप्रसाद गुरुङले भने, ‘अहिले पानी पर्न थालेपछि घरमुनि पनि पहिरो गयो, घरमाथिबाट पनि पहिरो आएको छ ।’ गाउँका १० घर जोखिममा परेको उनले बताए ।

‘रामबहादुर गुरुङ, सीताराम गुरुङ, आसमान गुरुङ, तिलबहादुर गुरुङ, सुपाल गुरुङ, पूर्णमाया गुरुङ, माहिला गुरुङ, पूर्णबहादुर गुरुङ, सन्तबहादुर गुरुङ र भीमबहादुर गुरुङको घर जोखिममा पर्‍यो’, उनले भने, ‘रामबहादुरको त गोठ पहिरोले लगिसक्यो ।’ सडक निर्माण गर्नुअघि राम्रोसँग प्राविधिक अध्ययन नगरेका कारण अहिले गाउँलेले दुःख पाएका उनले बताए ।

गाउँभन्दा करिब पाँच मिटर नजिकै पहिरो आइपुगेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भिरालो जमिन छ । त्यसमा पनि राम्ररी अध्ययन नगरी रोड बनाइदिए’, उनले भने, ‘पानी पर्न थालेपछि बग्न थालिहाल्यो ।’ प्रहरी आएर रिपोर्ट लिएर गइसकेको उनले बताए ।

नेपाली सेनाले निर्माण गरेको सडकका कारण वडा नं. ७ खानीबेंसीका १०÷१२ घर जोखिममा परेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘केही दिन अघिदेखि परेको पानीले खानीबेंसीको १०÷१२ घर पहिरोमा पर्न लागेको छ’, उनले भने, ‘लापुगाउँको पनि कालरात्रि स्कुल आसपास पहिरो गएको छ ।’ पहिरो नियन्त्रण गर्न तारजालीको खाँचो परेको स्थानीय शुकराज गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.