भैरहवामा प्रतिबन्धित भारुको अवैध कारोबार, ५३ लाख बरामद

भैरहवामा प्रतिबन्धित भारुको अवैध कारोबार, ५३ लाख बरामद

भैरहवाः  भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय रुपैयाँ नोटको भैरहवामा कारोबार हुने गरेको खुलेको छ । कारोबारको लागि जम्मा पारिएको प्रतिबन्धित ५३ लाख भारतीय रुपैयाँको नोट सहित रुपन्देही प्रहरीले चार जनालाई भैरहवाको वाइट लोटस होटलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही रोहिणी गाउँपालिका–५ का ५४ वर्षीय दुधनाथ योगी, सिद्धार्थनगर नगरपालिका २ का ३७ वर्षीय गणेश थापा, सोही नपा ८ का ३८ वर्षीय राजु बुढाथोकी र बुटवल उपमहानगरपालिका १६ का ४२ वर्षीय हेमराज कठरिया रहेका छन् ।

भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा होटलबाट उनीहरुलाई प्रतिबन्धित भारतीय रुपैयाँको नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुँगेलले बताए ।

उनीहरुको साथबाट भारु एक हजारका २ हजार ६ सय ५० थान र ५ सयका ५ हजार ३ सय थान प्रतिबिन्धत नोट बरामद भएको उनले जानकारी दिए ।

पक्राउ परेका सबै व्यक्ति एउटै समूहका हुन् र आफै प्रतिबन्धित नोट जम्मा गरेर विक्री गर्नका लागि होटलमा बसेका थिए स्रोतले अन्नपूर्ण पोस्ट्सँग भन्यो, ‘कति दररेटमा विक्री गर्न खोजेको थिए त्यो खुलेको छैन । यो प्रतिबन्धित नोटको कुनै दररेट हुँदैन ।’

प्रतिबन्धित एक हजार भारतीय रुपैयाँ एक सय भारतीय रुपैयाँमा सटही हुने गरेको बताइन्छ । भारत सरकारले सन् २०१६ नोभेम्बर ८ तारिख देखि एक हजार र ५ सय रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि उक्त नोटहरु नेपालको विभिन्न स्थानमा अवैध तरिकाले सटही हुदै आएका छन् । 

नेपालमा पनि चलन चल्तीमा रहेका भारतीय नोटमा भारतमा सरकारले एक्कासी प्रतिबन्ध लगाएपनि नेपालमा रहेका नोटहरु नेपालमै रहेका छन् । हालसम्म उक्त नोटहरु भारत सरकारले सटही गरेको छैन । भारतमा प्रतिबन्धित नोट नेपालमा सटही हुने गरेको भारतीय सुरक्षा संयन्त्रलाई जानकारी भएको कारणपनि भारत सरकारले नेपालमा रहेको रकम सटही गर्न नचाहेको जानकारहरु बताउँछन् ।

नेपालको बैंकमा ९ सय ५० करोड बढी भारतीय प्रतिबन्धित नोटहरु जम्मा रहेको भारतीय तथ्यांक रहेको छ । भारतीय रिर्जव बैंकले प्रति व्यक्ति ४ हजार ५ सय रुपैयाँ सम्म प्रतिबन्धित नोटहरु नेपाली बैंकमा सटही गर्ने सक्ने बताएपनि हाल उक्त प्रक्रिया रोकिएको छ ।

प्रतिबन्धित भारतीय नोट सहिछ पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.