बजेट खर्च गर्न प्रदेश सरकार असफल

बजेट खर्च गर्न प्रदेश सरकार असफल

सुर्खेत : कर्णालीमा प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याएको बजेटको खर्च प्रगति न्यून देखिएको छ । वैशाख १६ गते प्रदेश सरकारले तीन महिनाका लागि एक अर्ब दुई करोड बजेट ल्याएको थियो । उक्त बजेटमा असार मसान्तसम्म जम्मा २३ करोड ४३ लाख ८३ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

आर्थिक वर्ष समाप्त भए पनि प्रदेश सरकारले ७८ करोड ६१ लाख १६ हजार बजेट खर्च गर्न नसकेको हो । अपेक्षाअनुसार बजेट खर्च गर्न नसकेपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि अधुरै रहन पुगेका हुन् । आवश्यक कानुन, कर्मचारी अभाव र संरचना नहुँदा लक्ष्यअनुसार बजेट खर्च गर्न नसकिएको सरकारको दाबी छ ।

समग्रमा न्यून बजेट खर्च गरेको प्रदेश सरकारले असारमा मात्र १५ करोड बजेट खर्च गरेको छ । जेठ मसान्तसम्म ७ करोड ५७ लाख ५२ हजार रुपैयाँ मात्र खर्च गरेकोमा असारमा मात्र १५ करोड ८६ लाख बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७४/७५ का एक अर्ब दुई करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये असारमा मात्र चालुतर्फ ६ करोड ८२ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ ९ करोड चार लाख आठ हजार रुपैयाँ बजेट खर्च गरेको छ । प्रदेश सरकारले हालसम्म चालुतर्फ १२ करोड २७ लाख ३४ हजार र पुँजीगततर्फ ११ करोड १६ लाख ४९ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयको पँुजीगत खर्च शून्य छ । संघीय संरचनाअनुसार कार्यालय स्थापना नहुँदा पँुजीगत खर्च हुन नसकेको हो । कोष तथा लेखा नियन्त्रक गोविन्द्र सुवेदीका अनुसार प्रदेश संसद् सचिवालयले चालु र पुँजीतर्फ गरी ६ करोड ७१ लाख आठ हजार रुपैयाँ विनियोजन गरेकोमा चार करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, न्यायाधिवक्ताको कार्यालयकाले ९ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले न्यायाधिवक्ताको कार्यालयका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चालु र पुँजीगत गरी पाँच करोड ३२ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । जसमा दुई करोड ३६ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका लागि सरकारले चालुतर्फ २० करोड ८ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि चालु र पुँजीगततर्फ पाँच करोड एक लाख २० हजार रुपैयाँ विनियोजन गरिएको थियो । जसमा एक करोड ८९ लाख रुपैयाँ मात्र खर्च भएको छ । प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई ८ करोड ३४ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा दुइ करोड १६ लाख रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६ करोड ५९ लाख रुपैयाँ खर्च गरेको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयसँग छ ।

मन्त्रालयलाई सरकारले १० करोड सात लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले चालु र पुँजीगततर्फ एक करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले मन्त्रालयका लागि १८ करोड ९९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । यस्तै, सामाजिक विकास मन्त्रालयका लागि सरकारले सात करोड ९५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा दुई करोड ४४ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

संघीय सरकारको ७९ प्रतिशत खर्च

संघीय सरकारले सुर्खेत जिल्लाका लागि आर्थिक वर्ष ०७४/७५ का लागि चालु र पुँजीगततर्फ १९ अर्ब ३६ करोड ३५ लाख ६९ हजार पाँच सय ६३ रुपैयाँ विनियोजन गरेको थियो । जसमा १८ अर्व चार करोड ७७ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

सरकारले चालुतर्फ नौ अर्ब ७६ करोड ९७ लाख ६८ हजार पाँच सय ६३ रुपैयाँ विनियोजन गरेको थियो । पुँजीगततर्फ नौ अर्ब ५९ करोड ३८ लाख एक हजार बजेट संघीय सरकारले सुर्खेतका लागि विनियोजन गरेको थियो । जसमा चालुतर्फ नौ अर्ब २७ करोड १२ लाख रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ८ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले दिएको विवरणअनुसार चालु र पुँजीगततर्फ गरी कुल एक अर्ब ३१ करोड ५९ लाख रुपैयाँ बजेट सुर्खेतबाट फ्रिज भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.