निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री, फोटो
पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।
पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका हुन्।
उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे जानकारी गराए।
निरीक्षण क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको उपस्थिति थियो।
हेर्नुस् प्रधानमन्त्रीको निजी सचिवालयबाट प्राप्त कृष्ण पौड्यालले खिचेका फोटोः
_20180719054022.jpg)
_20180719054021.jpg)
_20180719054022.jpg)
_20180719054022.jpg)
_20180719054023.jpg)
_20180719054023.jpg)
प्रतिक्रिया दिनुहोस !