सेनाका जवानले आफैँलाई हाने गोली, अवस्था गम्भीर

सेनाका जवानले आफैँलाई हाने गोली, अवस्था गम्भीर

दुनै,डोल्पाः यहाँ नेपाली सेनाका एकजना जवान आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ११ बजेतिर ड्युटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले आफैँलाई गोली हान्दा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सुलीर्गाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवनले आफैँले गोली चलाउँदा घाइते भएका हुन् ।

गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पुरै छेडेको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डाक्टर अनुप मंगल समालले जानकारी दिए । उनका अनुसार एक्सिडेण्टल बुलेट केस भएका कारण बिरामीले बोल्न नसक्ने अवस्था छ । डोल्पामा उपचार हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको उनले बताए । ‘अवस्था गम्भीर छ तर काठमाडौँमा उपचार हुन्छ, बिरामीको होस गुमेको छैन ।’ 

उनले एक पटक गोली चलाएको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्तकाल जिल्ला अस्पतालमा उपचारका लागि लगेर थप उपचारका लागि क्षेत्रबाट हेलिकोप्टरबाट सुर्खेत हुँदै काडमाडौँ लगिएको  । 

घटनाबारे अनुसन्धान भइरहेकाले थप कुरा अहिले नै भन्न नसकिने ईश्वरी बक्स गुल्मले जानकारी दिएको छ । घाइते जवानको घर कैलालीको धनगढी हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.