घाइते प्रहरीलाई लिन जुम्लामा नेपाली सेनाको हेलिकोप्टर

घाइते प्रहरीलाई लिन जुम्लामा नेपाली सेनाको हेलिकोप्टर

काठमाडौँः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला आउँदैछ । 

दाहिने छातीमा गोली लागेर गम्भीर अवस्थामा प्रतिष्ठानमै उपचाररत उपाध्यायको अवस्था गम्भीर बनेपछि काठमाडौँ लैजान नेपाली सेनाको हेलिकोप्टर आएको हो । 

प्रतिष्ठानको हातामा २० दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ लैजान सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा चलेको गोली उपाध्यायको छातीमा लागेको थियो ।

गोली लागेपछि प्रतिष्ठानकै चिकित्सकले उनको अप्रेशन थालेका थिए । उपाध्यायको उपचारका लागि स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले रक्तदान पनि गरेका थिए । तर, उनको अवस्था जटिल बन्दै गएपछि काठमाडौँ लैजान सेनाको हेलिकोप्टर आएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.