तिब्बत जाने जडीबुटीबाट करोडौं राजस्व ठगी

तिब्बत जाने जडीबुटीबाट करोडौं राजस्व ठगी

गमगढी : मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु र सोही गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा र जिल्लाका अन्य वन क्षेत्रमा पाइने वनलसुनसहित अन्य जडीबुटी संकलन गरी तिब्बततिर निकासी गर्ने स्थानीय जडीबुटी व्यापारीहरूले करोडौं राजस्व छल्दै आएका छन्।

स्थानीय संकलनकर्तामार्फत किनेर तथा आफैं संकलन गरेर बहुमूल्य जातका यार्सागुम्बा, वनलसुनलगायत अन्य जडीबुटी यहाँका व्यापारीहरूले मुगु र तिब्बतको सीमामा रहेको ह्याजिमोरा भन्ने स्थानमा लाग्ने बजारमा निकासी गर्ने गरेका छन्। यस स्थानबाट बर्सेनि लाग्ने हाटबजारमा स्थानीय व्यापारीहरूले करोडौंको राजस्व ठगी यार्सागुम्बा, वनलसुन र अन्य जडीबुटी निकासी गर्दै आएका हुन्।

यस क्षेत्रबाट एक जना व्यापारीले न्यूनतम १ देखि ५ केजीसम्म यार्सागुम्बा र ५० केजीदेखि सय केजीसम्म वनलसुन निकासी गर्ने गर्छन्। जिल्ला वन कार्यालयको तथ्यांक हेर्ने हो भने एक÷दुई जना व्यापारीले मात्र १ केजीसम्म यार्सागुम्बाको राजस्व तिरेका छन। अन्य प्रायः सबै व्यापारीहरूले १ देखि २ सय ग्रामको मात्र राजस्व दाखिला गरेका छन्।

आर्थिक वर्ष ०७३/७४ मा जडीबुटी व्यापारीहरूले २८.४५ केजीको प्रतिकेजी दुई हजार ५ सयका दरले ७ लाख ११ हजार २ सय ५० रुपैयाँ राजस्व दाखिला गरेका थिए भने प्रतिकेजी १५ रुपैयाँका दरले १ हजार ४ सय ९५ केजी वनलसुनको २२ हजार ४ सय १० रुपैयाँ दाखिला गरेका छन्। व्यापारीहरूले राजस्व छल्न कम जडीबुटी देखाई करोडौंको राजस्व छल्दै आएका छन् र। आव ०७४÷०७५ मा व्यापारीहरूले १० केजी यार्सागुम्बाको २ हजार ५ सयका दरले २ लाख ५० हजार र ८ सय केजी वनलसुनको १२ हजार रुपैयाँ मात्र राजस्व दाखिला गरेका छन्। स्थानीय व्यापारीहरूले आफूले संकलन गरेको यार्सा र वनलसुनको राजस्व बढी तिर्नुपर्ने भएकाले कम संकलन गरेको देखाई बढी मात्रामा चोरी निकासी गर्ने गरेका वन कार्यालयले जनाएको छ।

राजस्व ठगी गर्नेमा सबैभन्दा बढी तिब्बततिर व्यापार गर्नेहरू रहेको पाइएको छ। नेपालका विभिन्न स्थान र भारत निकासी गर्ने व्यापारीहरूले भने राजस्व ठगेको नदेखिएको वन कार्यालयले जनाएको छ। नेपाल तथा भारत निकासी गर्दा विभिन्न स्थानमा सुरक्षा जाँच कडा भएकाले व्यापारीले संकलन गरेजतिको राजस्व दाखिला हुने गरेको छ। तिब्बत निकासीमा भौगलिक कठिनाइका कारण र भरपर्दो सुरक्षा व्यवस्था नहुँदा व्यापारीले राजस्व छलेर जडीबुटी निकासी गर्ने गरेका छन्। जसकारण राजस्वमा कमी आउने गरेको वन कार्यालयका कर्मचारीहरू बताउँछन्। वन कार्यालयको तथ्यांकअनुसार आव ०७३÷७४ मा १७ जातका जडीबुटी जिल्लाबाहिर निकासी हुँदा २७ लाख ९९ हजार ५ सय ८५ रुपैयाँ राजस्व संकलन भएको थियो। आव ०७४÷७५ मा २१ जातका जडीबुटी जिल्लाबाहिर निकासी हुँदा व्यापारीहरूबाट १० लाख २९ हजार १ सय ९५ रुपैयाँ राजस्व संकलन भएको छ।

जनशक्ति अभाव र भरपर्दो सुरक्षा व्यवस्था नहुँदा व्यापारीहरूले राजस्व छलेर तिब्बततर्फ जडीबुटी निकासी गर्दै आएका वन कार्यालयले बताएको छ।

बुहुमूल्य मानिने यार्सागुम्बाको मूल्य स्थानीय संकलनकर्ताबाट व्यापारीले प्रतिकेजी २० लाखका दरले खरिद गर्ने गर्छन् भने वनलसुन प्रतिकेजी ३८ देखि ४२ हजार मूल्यमा खरिद हुने व्यापारीहरू बताउँछन्। तिब्बतमा प्रतिवर्ष पाँच सयदेखि १ हजार केजीसम्म यार्सागुम्बा र २ हजार केजीसम्म वनलसुनलगायत ठूलो परिमाणमा अन्य जडीबुटी निकासी हुने भए पनि राजस्व छल्न व्यापारीले कम संकलन गरेको प्रमाण पेस गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.