भैरहवा विमानस्थलको आधा काम सकियो

भैरहवा विमानस्थलको आधा काम सकियो

भैरहवा : राष्ट्रिय गौरवको आयोजनामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको आधा काम सम्पन्न भएको छ। निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माणको गति बढेको हो।

सन् २०१९ साललाई सञ्चालन वर्षको रूपमा लक्ष्य लिएर विमानस्थल निमाण कार्यलाई तीव्रता दिइएको विमानस्थल आयोजनाले जनाएको छ। हालसम्म समग्रमा विमानस्थलको ५० प्रतिशत बढी काम सम्पन्न भएको विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए। विमानस्थलको हाल प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए। त्यस्तै विमानस्थल पार्किङ क्षेत्र, पानी ट्यांकीलगायत राख्ने काम पनि धमाधम निर्माण भइरहेका छन्।

उनले विमानस्थलको अप्ठ्यारामध्येका काम धमाधम सम्पन्न हुने अवस्थामा रहेका कारण त्यसपछिका काम सरल रूपमा निर्माण भएकोले सन् २०१९ को जुनसम्ममा विमानस्थल तयार हुने बताए। सम्भवत सन् २०१९ सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो उडान भर्ने गरी छलफल चलिरेहेको उनले जनाए। विमानस्थल पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी ३० प्रतिशत काम एक महिनाभित्र पूरा हुनेछ। त्यसैगरी आगामी १५ दिनभित्र धावनमार्गको अन्य काम सम्पन्न भइसक्ने र त्यसपछि पिचको काम सुरु हुने उनले बताए।

शर्माले ठेकेदार कम्पनीले अहिले काममा तीव्रता दिएकाले समायावधिअनुरूप काम गरिरहेका आयोजना प्रमुख शर्माले बताए। कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ।

यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने छ। ६ अर्ब २२ करोड बढीको लगानीमा निर्माण भइरहेको विमानस्थलमा २ अर्ब ६ करोड रुपैयाँ खर्च भएको आयोजनाको कार्यालयले जनाएको छ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। तराईको ‘लोकेसन’ भएको हुँदा कहिलेकाहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमान पनि यहाँ अवतरण गराउन सकिनेछ। यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको छ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्।

यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ। दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले हयान्डल गर्ने लक्ष्य राखिएको छ। तर, सुरुमा भने ५÷६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जनाएको छ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो। विभिन्न समस्याका कारण समयमा काम सम्पन्न नहुने भएपछि ठेकेदार कम्पनीलाई सन् २०१९ को जुन महिनासम्म म्याद थप गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.