पहिरोले घर पुर्दा दुईजनाको ज्यान गयो, तीन घाइते

पहिरोले घर पुर्दा दुईजनाको ज्यान गयो, तीन घाइते

जाजरकोटः अविरल बर्षापछि  घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ । 

घरमुली भक्तबहादुर बुढाको घर पहिरो विहीवार राति ११ बजेतिर सुतिरहेको अवस्थमा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । 

घरमुली भक्तबहादुर , उनकै नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भएपनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । 

मृतकको पोष्टमार्टम र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ । ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतकको उद्धार गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.