ललितपुरमा आत्महत्या चुनौती बन्दै

ललितपुरमा आत्महत्या चुनौती बन्दै

ललितपुर : ललितपुरमा आत्महत्या समस्या विकराल बन्दै गएको छ। आर्थिक वर्ष २०७४÷७५ मा मात्रै जिल्लामा ९३ वटा आत्महत्याका घट्ना भएको प्रहरी परिसर जाउलाखेलले जानकारी दिएको छ। आत्महत्या गर्नेमा ५८ जना पुरुष र ३५ जना महिला छन्।

प्रहरी परिसर जाउलाखेलका प्रहरी उपरीक्षक शेखर खनालले आव ०७४÷७५ मा जिल्लामा ९ सय ४५ वटा मुद्दा दर्ता भएको जानकारी दिए। त्यस्तै ०७३÷७४ मा ८ सय ५८, ०७२÷७३ मा ९ सय ४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये आत्महत्याका मुद्दा बढी रहेको प्रहरीले जनाएको छ। तीनवर्षको तथ्यांकले आत्महत्या बढ्दै गएको देखाएको छ।

तथ्यांक अनुसार ०७२÷७३ मा ७७ वटा आत्महत्याका घट्ना घटेका थिए भने ०७३÷७४ मा ९१ वटा मुद्दा दर्ता भएका थिए।

झुण्डिएर आत्महत्या गर्ने धेरै छन्। गत वर्षको तथ्यांक अनुसार ६६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए। गतवर्ष ५० जनाले झुण्डिएर आत्महत्या गरेका थिए। आत्महत्या गर्नेको विवरण हेर्दा सबै भन्दा धेरै चापागाउँ क्षेत्रका मानिस छन्। साउनमा सबै भन्दा धेरै १४ वटा आत्महत्याको मुद्दा दर्ता भएको खनालले जानकारी दिए।

उमेर समूहका हिसाबले १६ वर्षदेखि २५ वर्ष उमेरका मानिसले धेरै आत्महत्या गरेका छन्। पहिलाका तथ्यांकले पनि सोही उमेर समूहका मानिसहरू आत्महत्याको शिकार भएको देखाउँछ। ‘मानसिक तथा पारिवारिक कारणले आत्महत्या गरेका छन्’, खानलले भने। आत्महत्या गर्नेमा प्राय मजदुर छन्।

आत्महत्या बाहेक सार्वजनिक अपराधका ४ सय ४६ मुद्दा दर्ता भएका छन् भने भवितव्यज्यान सम्बन्धी १ सय ३२ वटा मुद्दा दर्ता भएका छन्। घरेलु हिंसा सम्बन्धी २ सय ५६ वटा, जबर्जस्ती करणीका २१, जबर्जस्ती करणी उद्योग १६ वटा, लागूऔषधका ६६ वटा मुद्दा दर्ता छन्।

त्यस्तै ८१ वटा चोरी मुद्दा दर्ता भएका छन् भने, ज्यान मार्ने उद्योगमा १५ वटा मुद्दा दर्ता भएका छन्। सवारी ज्यान मुद्दाका २१ वटा मुद्दा दर्ता भएका छन्, सरकारी छाप दस्तखत किर्ते गरेका ११ वटा घटना रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.