कोरियाकी पूर्वराष्ट्रपतिलाई थप ८ वर्ष जेल सजाय
सोल : दक्षिण कोरियाली पूर्वराष्ट्रपति 'पार्क गेउन हाइ'लाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघिको सजायमा आठ वर्ष थप गरेको हो ।उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानपछि सजाय थपिएको हो।
यसअघि नै पार्कलार्इ २४ वर्षको जेल सजाय भएको तोकिएको थियो । उनीमाथि लागेको भ्रष्टाचारको मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवनाको सजाय सुनाइएको थियो।
दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार पार्कले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ। सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा पक्राउ परेकी पूर्वराष्ट्रपति पार्क हाल थुनामै रहेकी छिन् ।
पार्क ६६ वर्षकी छिन । उनी दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति समेत हुन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेपछि महा अभियोगबाट बर्खास्त गरिएको थियो। (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस !