सिद्धबाबाको भीरमा बाबु छोरा सवार मोटरसाइकल खस्यो

सिद्धबाबाको भीरमा बाबु छोरा सवार मोटरसाइकल खस्यो

बुटवल : बुटवल पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा मोटरसाइकल खसेको छ। लु २१ प ९६८० नम्बरको मोटरसाइकल माथिल्लो सिद्धबाबा नजिक सडकबाट खसेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

खसेको मोटरसाइकल भीरमा अड्केको र त्यसमा सवार दुईजना खसेको अनुमान गरिएको छ।  दुर्घटनामा परेकामध्ये एकजनाको उद्दार गरिएको   र अर्काको खोजी कार्य जारी रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए। 

मोटर साइकलमा पाल्पा बाँसटारीका उमेश कुमाल र उनका छोरा माधब कुमाल सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धानका लागि ना ३ ख १००८ नम्बरको ट्रक नियन्त्रणमा लिएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.