सञ्चार उद्यमी धिताल हत्याकाण्ड : अनुसन्धानम बित्यो आठ वर्ष

सञ्चार उद्यमी धिताल हत्याकाण्ड : अनुसन्धानम बित्यो आठ वर्ष

 तुलसीपुर : दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को हत्या भएको ८ वर्षसम्म पनि प्रहरीले सत्यतथ्य सार्वजनिक गर्न सकेको छैन।

राप्ती सञ्चार सेवा तथा रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष धितालको ०६७ साल साउन ६ गते दाङको उरहरीमा गोली हानी हत्या गरिएको थियो। हत्या भएका धितालको अनुसन्न्धान सकिएको भनेर सार्वजनिक गरेको प्रहरीले अहिलेसम्म पनि फाइल अनुसन्धानमै राखेको छ। दाङका प्रतिष्ठित व्यवसायी र सञ्चार उद्यमीका रूपमा रहेका धितालको फूलबारी गाविसबाट काम सकेर तुलसीपुर घरतर्फ फर्कंदै गर्दा उरहरी–६ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए।

धितालको हत्या भएलगतै नेपाल प्रहरीको जिल्ला तथा केन्द्रले छुटाछुटै समिति बनाएर अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा केही तथ्य फेला परेको भन्दै केही व्यक्तिलाई नियन्त्रणमा लिइए पनि अहिलेसम्म घटनाको यथार्थ बाहिर आउन सकेको छैन। जिल्लामा भएका अन्य घटनामा प्रहरीको अनुसन्धान सफल देखिए पनि धिताल हत्याबारे भने प्रहरी अनुसन्धान विफल भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत तत्कालीन डीएसपी लक्ष्मण गिरीको संयोजकत्वमा गठन भएको अनुसन्धान समितिले १८ पृष्ठको प्रतिवेदनसमेत जिल्ला प्रहरीलाई बुझाएको थियो। अनुसन्धान समितिले प्रतिवेदन बुझाएको भए पनि प्रहरीले उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। दाङ प्रहरी प्रमुख दुर्गा सिंहले धिताल हत्याको विषयमा प्रहरी निरन्तर अनुसन्धानमा रहेको बताइन्। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फाइल र र मिसिल अध्ययन, अनुसन्धान गरिरहेका हुँदा जिल्ला क्रियाशील नभएको बताइन्। अनुसन्धानका लागि सीआईबीको नयाँ टोलीसमेत गठन भएको र अनुसन्धानको प्रगति ढिलो चाँडो सार्वजनिक हुने प्रमुख सिंहले बताइन्। सञ्चार उद्यमी धिताल हत्यामा संलग्न अपराधी चाँडै कानुनी दायरामा आउने पनि उनले विश्वास व्यक्त गरिन्।

विभिन्न समयमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान थालिएको छ, उनले भनिन्, निश्कर्षमा पुगेका छैनौं, निश्कर्षमा पुगेपछि सत्यता बाहिर आउँछ। अहिलेसम्म जिल्लामा आउने हरेक प्रहरी प्रमुखले हत्याको फाइल अनुसन्धानमै रहेको भन्दै आएका छन्। तर आठ वर्षसम्म जिल्लाको नेतृत्व गर्ने प्रहरी प्रमुखले प्रतिवेदनसमेत सार्वजनिक गर्न सकेका छैनन्। न त अपराधीलाई कानुनी दायरामै ल्याउन सकेका छन्।

आठ वर्षसम्म हत्याको वास्तविकता सार्वजनिक नभएपछि परिवारमा समेत आक्रोस देखिएको छ। धितालकी पत्नी मञ्जुले पति हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न र कानुनी कारवाही गरी परिवारलाई न्याय दिन आग्रह गरेकी छन्। धितालले प्रहरीको अनुसन्धान अहिलेसम्म सार्वजनिक नहुनुले थप पीडा दिएको बताइन्।

रेडियो तुलसीपुरका महासचिव महेन्द्र लामिछानेले अध्यक्ष धितालको हत्याको सत्यतथ्य सार्वजनिक गरेर दोषीलाई कारवाही गर्न माग गरे। अको¥याबका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सञ्चार उद्यमीको हत्या भएको आठ वर्षसम्म पनि सत्य बाहिर आउन नसक्नु दुखद् भएको भन्दै तत्काल दोषी पहिचान गरी कारवाहीको माग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.