आधा पनि काम नगरी करोड भुक्तानी

आधा पनि काम नगरी करोड भुक्तानी

 तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिका-५ जिरिखिम्ती माझगाउँमा निर्माणधीन आम्फुवा पशुहाट बजारस्थलको निर्माण सम्पन्न नभइ अलपत्र परेको छ तर यसको निर्माणकर्ताले रकम भुक्तानी गरेर लगेका छन् ।

दश प्रतिशत जन श्रमदानसमेत कूल एक करोड रुपैयाँ बजेटको यो काममा निर्माण समितिले कागजात मिलाएर आधा पनि काम नगरी भुक्तानी रकम लिएको हो ।

स्थानीय कृषकहरुले पालेका पशुपंक्षी बिक्रीका लागि संकलन गर्न सहज होस भन्ने उद्देश्यले बनाउन सुरु गरिएको पशुहाट बजारको निर्माण समितिले बीचैमा काम छाडेपछि अलपत्र भएको छ । पशुहाट निर्माणका गर्न पशुपंक्षी विकास मन्त्रालयले एक करोड अनुदान दिएको थियो । तर, निर्माणको कार्यको ४० प्रतिशत पनि नसकी निर्माण समितिले अलपत्र पारेर छाडिदिएको छ । अहिले यो कामको भुक्तानीसमेत भएको थाहा पाएपछि गाउँले समेत छक्क परेका छन् ।

पशुहाट निर्माण कार्यमा स्थानीयबासीले सहयोग नगर्दा स्टिमेटअनुसार काम गर्न नसकिएको निर्माण समितिका संयोजक तेजमान कन्दङवा बताए । कृषकहरुकै फाइदाका लागि सरकारले बजेट दिएपनि स्थानीयको अवरोधका कारण आयोजना अलपत्र भएको दाबी गरे । भने,‘हामीलाई गाउँलेले नै सहज ढंगले काम अघि बढाउन दिएनन् ।’ उनले समितिले पुरै काम गरेको दाबी गरे ।

यता स्थानीयबासी तथा वडासदस्य गणेश सोदेम्बाले भने आयोजनामा सरकारबाट प्राप्त भएको अनुदान दुरुपयोग भएकोले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । नेपाल सरकारबाट किसानको नाम आएको एक करोड बजेटबाट करिब ४० प्रतिशत मात्रै काम गरेर पुरै भुक्तानी लिई भ्रष्टचार गरेको वडा सदस्य सोदेम्बाले दाबी गरे । ‘काम पूरा नगरी नै समितिले निर्माण कार्य सम्पन्न भइसकेकोे कागजात बनाएर भुक्तानी लिईकेको छ,’ उनले भने,‘यो भन्दा ठूलो बेथिति के हुन्छ ? हामीले केन्द्रबाट अनुगमन हुनुपर्ने माग गरेपनि सुनुवाइ भएन् ।’

गाउँको विकासका लागि आएको बजेट काम नगरी भुक्तानी लिनु भ्रष्टचार मात्र नभएर अपराध नभएको स्थानीय दिलकुमार सेनेले बताए । भने,‘पशुहाटको नामका आएको सबै पैसा खाएर स्थानीयले सहयोग गरेनन् भन्नु निर्माण समितिको कहाँसम्मको दुस्कार्य हो ।’ पशुहाट निर्माणका लागि स्थानीयबासीले कुनैपनि प्रकारको अवरोध नगरेको वडासदस्य सोदेम्बाले बताए ।

आयोजना स्थलमा अहिले चार वटा ट्रष्ट र एउटा काउण्टरका लागि अपुरो भवन मात्र निर्माण भएको छ । कागजात मिलाएर केन्द्रबाट निरीक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन् । दश प्रतिशत जन श्रमदान भनिएको थियो तर काम अलपत्र छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.