अटोरिक्सावालाको आन्दोलनले भरतपुरमा भाँडभैलो (फोटो फिचर)
![अटोरिक्सावालाको आन्दोलनले भरतपुरमा भाँडभैलो (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/auto-riksa-protest-bharatpur-motercycle-fire11_20180725113208_gEcWxSWWC6.jpg)
चितवनः भरतपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै तीनपांग्रे सवारीधनी र मजदुरले प्रदर्शन गर्दा भरतपुरमा स्थिती तनाबग्रस्त बनेको छ ।
तीनपाङ्ग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनगर्न रोक लगाएको निर्णयमाचालकहरु आन्दोलनमा उत्रिएका थिए । मुख्य राजमार्गमा सवारी तेर्साएर आन्दोलन गरेकालाई प्रहरीले हाटउन खोज्दा झडप भएको थियो ।
जिल्ला प्रशासन कार्यालय नजिक केन्द्रीय बस ट्रमिनल चोकमा प्रर्दशन गरेकालाई प्रहरीले हटाउन खोजेपछि आन्दोलनकारीले ढुङ्गा हानेका थिए । प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे सवारीका धनी, चालक, व्यवसायी र प्रहरीवीच झडप समेत भएको थियो ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् । प्रर्दशनकारीको ढुङ्गा लागेर १२ जना प्रहरी घाइते भएका छन् । डिएसपी प्रभुप्रसाद ढकाल समेत घाइते भएका छन । प्रहरी जवान हर्कबहादुर दराई, नेत्र बुढाथोकी, केशव पाण्डे, सुरज विक र गोपाल पाठक घाइते भएका हुन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइहेको छ ।
भरतपुर महानगरले मुख्य राजमार्गामा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध ब्यवसायीले अदालतमा रिट हालेका थिए । ब्यवसायीले सवारी सञ्चालन गर्न पाउनु पर्ने भन्दै निर्णय रोक्न रिट दायर गरेका थिए ।
अदालतले तत्काल उक्त निर्णय रोक्नुनपर्ने अन्तरिम आदेश दिएको थियो । भरतपुर महानगरपालिकाले गत साउन ५ गतेदेखि लागू हुने गरी राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो ।
उच्चअदालत हेटौँडाले सोमवार निर्णय खारेज गर्नु नपर्ने उल्लेखा गरेपछि ब्यवसायी आन्दोलनमा उत्रिएका हुन् । अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)