त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, १३ घाइते
![त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, १३ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/bus-accident-trisuli_20180727085115_klIxZ6NXW1.jpg)
काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिएका छन्।
चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले यात्रुवाहक बसलाई ठक्र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको डिएसपी दाहालले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)