तीन दिन देशैभर वर्षा : नदीछेउमा सतर्कता अपनाउन आग्रह

तीन दिन देशैभर वर्षा : नदीछेउमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : शनिबारदेखि तीन दिनसम्म देशका विभिन्न भागमा मध्यम तथा भारी बर्षा हुने हुँदा सर्तकता अपनाउन मौसम पूर्वाअनुमान महाशाखाले अनुरोध गरेको छ ।काठमाडौं उपत्यका सहित मध्य तथा पश्चिम क्षेत्रका साथै देशका केही भागमा भारी बर्षाको संभावना रहेको मौसमविद् सुवास रिमालले अन्नपूर्णलाई बताए ।

‘देशभर अहिले मौसम सक्रिय छ । मध्य, पूर्व तथा पश्चिमी भागका केही ठाउँमा भारी बर्षा हुने देखिएको छ । ती क्षेत्रमा बहने नदी तथा खोलाको वहाव सर्तकताको विन्दुसम्म पुग्ने हुँदा आसपासका ठाउँमा सर्तक हुन पनि आग्रह गर्दछौ ’ उनले भने  ।

‘राती र विहान मनसुन बढी सक्रिय हुने गरेकाले सो समयमा नै बढी बर्षाको संभावना छ ।’ उनले अन्नपूर्णसँग भने ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

तीन दिनसम्म बर्षा हुने भएकाले प्रमुख नदीमा बाढीको सम्भावना पनि देखिएको भन्दै नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन सरकारले बाढी पूर्वानुमान शाखा मार्फत् आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतरा भन्दा तलैहुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।

आज भोलि र पर्सी (साउन १४) खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.