विदेशबाट फर्कँदा श्रीमती गायब भएपछि गाउँपालिकामा उजुरी

विदेशबाट फर्कँदा श्रीमती गायब भएपछि  गाउँपालिकामा उजुरी

तानसेन : रम्भा गाउँपालिका वडा नंं २ का विरबहादुर ( नाम परिवर्तन) श्रीमती लाई घरमै छोडी धन कमाउन मलेसिया गए । दुई बर्ष सम्म विरबहादुरले मलेसिया बाट श्रीमती लाई महिना महिनामा पैसा पठाईदिए । जव विरबहादुर घर आए तव श्रीमती नै वेपत्ता भईन । विरबहादुरले श्रीमती लाई घर माईती आफन्त ईष्टमित्र जताततै खेजी गरे पाएनन । विरबहादुरले श्रीमती खोजविन गरिदिन रम्भागाउँपालिकाको न्यायिक समितीमा उजुरी दिए । विरबहादुर जस्तै पाल्पाका १० वटा स्थानीय निकायमा श्रीमती खोजविन गरिदिन न्याययिक समिती उजुरी पर्दै आएको छ । स्वदेशमा रोजगारी छैन भनेजस्तो काम पाईदैन धन कमाउन विदेश जानै पर्यो विदेशमा कमाएको धनपनि गयो , श्रीमती पनि गई विरबहादुर पिडा पोखे

       पाल्पा जिल्लाका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको न्यायिक समितीमा १ बर्षको अवधीमा १ सय ४९ वटा मुद्दा उजुरी परेकोमा १४ वटा उजुरी श्रीमती खोजविनको लागी परेका छन । विदेशमा धन कमाउन जादाँ घरबाट श्रीमती वेपत्ता हुने क्रम दिनहु बढ्दै गएको छ । २ वर्ष मलेसियामा काम गरेर फर्कंदा श्रीमतीले छोरी लाई छाडेर अन्यत्रै गईन् । विरबहादुर संग न पैसा छ न त श्रीमति नै । उनी कहाँ पुगिन, कसैलाई अत्तोपत्तो छैन । विरबहादुर त प्रतिनिधिपात्रमात्र हुन् । पछिल्लो समय युवाहरु विवाह गरेर वैदेशिक रोजगारमा जाँदा घरबार बिग्रीएको धेरै उहाहरण छन् ।

       रम्भा गाउँपालिकाकी न्यायिक समिति संयोजक राधा श्रेष्ठले गत आर्थिक बर्षमा गाउँपालिकामा श्रीमती पिडितको रुपमा ३ उजुरी दर्ता भएको बताईन् । श्रीमान रोजगारीको लागी विदेशमा जाँदा परपुरुषसँग प्रेम सम्बन्ध राखेका विवाहित महिलाले घरबारै छाडेर अन्यत्र जाने गरेका घटना बढ्दै गएका छन । बगनासकाली गाउँपालिकामा गत आ.व.मा १४ मुद्धामध्ये ६ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा ३ वटा मिलाएको ३ वटा बाकी रहेको गाउँपालिकाकी न्याय समितीकी संयोजक सरस्वती चिदीले बताईन । यता रिब्दीकोट गाउँपलिकामा १५ मुद्दामध्ये १ वटा सम्वन्ध विच्छेदको मुद्दा रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताईन ।

        पुर्वखोला गाउँपालिकामा ३ वटा मुद्दा दर्ता भएकोमा १ वटा सम्वन्ध विच्छेदको मुद्दा छलफलको क्रममा रहेको न्यायिक समिति संयोजक भागिरथी भट्टराइले बताईन । तिनाउँ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गर गहना पैसा लिएर सहित श्रीमती फरार भएका गुनासाहरु आएको बताईन । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले २१ मुद्दा दर्ता भएकोमा ३ वटा मुद्दा श्रीमती खोजविनको लागी परेको बताईन । जिल्ला अदालत पाल्पाका श्रेष्तेदार सुवर्ण खनालले सम्बन्ध विच्देछका जिम्मेवारी सरेर आएका १ सय २४ मुद्दामध्ये ३ वटा मुद्दा बाँकी रहको र गत आर्थिक वर्ष २०७४÷०७५ मा नयाँ दर्ता भएका १ सय ८ सम्बन्ध विच्छेदका मुद्दाहरुमध्ये ८५ फैसला भई २३ बाँकी रहेको खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.