‘ओलीको बोली र बन्दुकको गोलीले जनताको हित गर्दैन’

‘ओलीको बोली र बन्दुकको गोलीले जनताको हित गर्दैन’

भैरहवा : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सेचतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले अहिले मुलुकमा प्रधानमन्त्री केपी ओलीको बोली र बन्दुकको गोली मात्र सस्तो रहेको बताएका छन् ।

ओली सरकारले मुलुकमा बढेको महंगीले जनतालाई जीवनकोपार्जन गर्न समस्या परेको उल्लखे गरे । ‘पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढ्यो, खेती किसानीको बेला मलको मूल्य बढ्यो, खाद्यन्न त्यस्तै बढेको छ’, उनले भने, ‘अहिले सस्तो भनेको ओलीको बोली र गोली मात्रै हो ।’

प्रधानमन्त्री ओलीलाई इंगित गर्दै उनले अधिकार माग्ने जनतालाई गोली नचलाउन आग्रह गरे । ‘तपाईँले चलाएको गोली र बोलीले जनतालाई राहात दिनै सक्दैन, सच्चिनुस ।’

रुपन्देही कांग्रेसले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले उत्तरको प्रधानमन्त्री आए उत्तरको साथमा रहेको भन्ने र दक्षिणको प्रधानमन्त्री आए दक्षिणको साथमा रहेको भन्ने लम्पसारवाद नीति लिएको आरोप लगाउँदै यसले मुलुक समृद्धितर्फ अघि बढ्न नसक्ने ठोकुवा गरे ।

मधेसको सिमानाको रक्षा केपी ओली नभई मधेसी जनताले गर्दै आएको बताउँदै नेता खाँणले ओलीलाई संविधानको धारा पालना गर्न आग्रह गरे । उनले ओलीको निरंकुशता रोक्नु पर्ने भन्दै संविधानमा सभामुख र उपसभामुख एउटै दलको बन्न नपाइने स्पष्ट व्यवस्था भए पनि ओली सरकार आखाँ चिम्लिएर बसेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.