पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका अभियुक्त आठ वर्षका लागि जेल गए

पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका अभियुक्त आठ वर्षका लागि जेल गए

राजविराज: पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका एक अभियुक्त अन्ततः आठ वर्षका लागि जेल पुगेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका सप्तरीको बोदे बर्साइन ६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दास बिहीबारदेखि आठ वर्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् । 

उनलाई प्रहरी चौकी काचनले बिहीबार नै पक्राउ गरी जिल्ला अदालत बुझाएकोमा अदालतले कैद असुल गर्न कारागार पठाएको तहसिलदार किरणकुमार सिंहले बताए ।

पीडितको घरको ढोका तोड्दै बालिकाको मुखमा रुमाल कोचेर दासले २०७२ भदौ १ गते राति बलात्कार गरे । घरमा अरु कोही नभएको बेला पीडितको घरको ढोका तोड्दै बलात्कार गरेका अभियुक्तले प्रतिकारमा उत्रेकी बालिकालाई कुटपिट गर्दा पीडितको कानलगायतका ठाउँमा चोट लाग्यो । 

दासलाई स्थानीयवासीले घटनास्थलबाट नियन्त्रणमा लिई ०७२ भदौ २ गते बिहान इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाएका पनि थिए । तर सहमतिमा घटना मिलाउने प्रयत्नमा रहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले उसै दिन साँझ नपर्दै दासलाई उनको बुवा साधुशरण दासको जमानतमा छाड्यो । 

आरोपितविरुद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएर एक साता धाएपछि मात्र भदौ ९ गते पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भयो । 
अधिकारकर्मीहरुले आवश्यक अनुसन्धान गर्न दवाव दिएपछि आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०७२ भदौ १० गते उजुरी दर्ता ग¥यो । प्रहरीले भगाइसकेकाले जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले फरार दासका नाममा २०७२ असोज १ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गर्‍यो । 

एक वर्षपछि अदालतमा हाजिर भएका दासलाई जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले २०७३ असोज १२ गते २० हजार धरौटी राख्न लगाएर रिहा ग¥यो । जनकपुर उच्च अदालत राजविराज इजलाशले २०७३ चैत १७ गते थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि दास तारेख छाडेर फरार भए । 

फरार रहेका दासलाई प्रहरीले पक्राउ गर्नु भन्दा एक महिना अघि मात्र कैदसजायको फैसला गरिसकेको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको गत असार १७ गतेको फैसलाबमोजिम दास आठ वर्षका लागि कारागार गएका हुन् । फैसलाबमोजिम दासले पीडितलाई क्षतिपूर्ति समेत दिनु पर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.