नमुना आैधोगिक ग्राम योजना अलपत्र
तानसेन : पाल्पा नमुना औद्योगिक ग्राम बनाउने योजना अलपत्र परेको छ । दुई वर्ष लगातार बजेट बिनियोजन भए पनि प्रक्रिया नटुंगिएपछि योजना अलपत्र परेको हो । पाल्पाली करुवा, ढाका लगायतका सानो पुजीका उद्योग खोल्नका लागि औद्योगिक ग्रामको योजना ल्याइएको थियो ।
तानसेनको बागखोरमा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनौट समेत गरिएको छ । जिल्लाको सर्बदलीय निर्णयमार्फत अघि बढेको भौतिक संरचना र जग्गा व्यवस्थापनको प्रक्रिया मन्त्रालयमा पुगेर रोएिको छ । औद्योगिक ग्रामका लागि आर्थिक बर्ष २०७३ /०७४ मा १ करोड र २०७४/०७५ मा ५० लाख रुपैया बजेट आए पनि काम नभई फ्रिज भएको छ ।
नमुना औधोगिक ग्राम निर्माणको लागी जिल्लामा राजनितिक दल, जिल्ला प्रशासन, नापी, विशेष नापि मालपोत घरेलु तथा साना उधोग कार्यालय स्थानीयवासीको सहभागितामा पटक पटक सर्वदलिय सर्वपक्षिय बैठकले सार्वजनिक जग्गा छनौट गरेको थियो । पानी, बाटो, सहितको सार्वजनिक जग्गा पाकिङ, विजुली लगायतका पुर्वाधार रहेको करीव ५० रोपनी भन्दा बढी जग्गा चाहिने भएकाले तानसेन नगरपालिकाको वडा नंं ७ बाघखोर र माथाँगढी गाउँपालिकाको वडा नं. ३ कसेनीको सराईमा औद्योगिक ग्राम निर्माणको लागी जग्गा सिफारिस गरेको हो । ।
दुवै स्थानको जग्गा सहित गत बर्ष नै विभागमा फाईल पुगेपनि छलफल नहुदा ५० लाख बजेट फ्रिज भएको घरेलु तथा साना उधोग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले बताए ।
प्रक्रिया शुरु भएको एक बर्ष हुदासम्म उद्योग मन्त्रालयबाट जिल्लामा जवाफ नपठाउदा पाल्पामा स्थापना गर्न लागिएको नमुना औधोगिक ग्राम नबन्ने निश्चित भएको छ । नमुना औधोगिक ग्रामको निर्माणको लागी उद्योग मन्त्रालयबाट जग्गाको विषयमा जिल्ला प्रशासनमा समेत कुनै जानकारी पठाएको छैन ।
गत बर्ष र यस बर्ष गरी प्राप्त भएको १ करोड ५० लाख रुपैया बजेटमा औद्योगिक ग्राम निर्माणको लागी भौतिक पुर्वाधार निर्माण गर्ने कार्यक्रम रहेको थियो । नमुना औधोगिक ग्राममा लोपन्मुख अवस्थामा पुगेको पाल्पाली करुवा, ढाका, कृषि औजार, बास उधोग लगायतका पाल्पा आसपासमा पाईने कच्चा सामाग्रीमा आधारित २० भन्दा बढी उद्योगहरु एकै स्थानमा संचालन गर्ने अभिप्रायले कार्यक्रम ल्याएको पाल्पा क्षेत्र नंं २ का संघिय सांसद पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले बताए । उनले औद्योगिक ग्रामका प्रक्रियालाई फेरि शुरु गरिने प्रतिवद्धता समेत जनाए ।
प्रतिक्रिया दिनुहोस !