पहिरोले धाजा फाटेपछि १९ घरपरिवार विस्थापित
गोरखा : एकसातादेखि निरन्तर पानी पर्न थालेपछि भुइँचालोले थिलोथिलो भएको खानीगाउँमा धाजा फाटेको छ । डरलाग्दो गरी गाउँभित्र धाजा फाटेपछि गाउँका १२ घरधुरी सातदिन अघिदेखि विस्थापित भएका छन् ।
धार्चे गाउँपालिका– ७ खानीगाउँमा ७३ घरधुरी बसोबास गर्छन् । ‘७३ मध्ये ११ जनाको घर पहिरोले तान्न लागेको छ’ स्थानीय सचिन गुरुङले भने, ‘जुनसुकै बेला पनि पहिरोले लान सक्ने भएपछि अति जोखिम १२ परिवारले घर छोडिसके । उनीहरु दिनभरि बारीको काम जान्छन् । रातको समयमा आफन्तको घरमा बस्न जान्छन् ।’
पुन्दराम गुरुङ, सेते गुरुङ, चित्रा गुरुङ, कान्छा गुरुङ, माहिला गुरुङ, चन्द्रमान गुरुङ, शेरमान गुरुङ, गर्बु गुरुङ, मन्थल गुरुङ, बनघरे गुरुङ, सुकपल गुरुङ, कान्छा गुरुङ, उतपाल गुरुङ, आशबहादुर गुरुङ, सोममाया गुरुङ, बिमान गुरुङ, बिमाया गुरुङ, सचिन गुरुङ र बिसराम बिकको परिवार विस्थापित भएको उनले बताए । ‘साँझ बिहानको खाना खान मात्र घरमा आउँछन्, बाहिरै काम गर्छन्, बाहिरै बस्छन्’ गुरुङले भने
जोङकङडाँडाबाट झरेको पहिरोले गाउँभित्र धाजा फाटेको स्थानीयको भनाइ छ । तीनवर्षअघिको भूकम्पले जोङकङडाँडा करिब तीनसय मिटर होचो हुने गरी पहिरो गएएपछि डाँडाभन्दा तल रहेका बस्तीका बासिन्दा त्रसित छन् ।