ठडियो बिसे नगर्चीको सालिक

ठडियो बिसे नगर्चीको सालिक

गोरखा : गोरखामा ऐतिहासिक पुरुष बिसे नगर्चीको सालिक निर्माण गरिएको छ । नगर्चीकै जन्मस्थल गोरखा नगरपालिका ६ सातधुरेमा गोरखा नगरपालिका र परियार समाज नेपालले उनको अर्धकदको सालिक निर्माण गरेको हो । शुक्रबार एक समारोहका बीच नगरपालिकाका मेयर राजनराज पन्तले नगर्चीको सालिक अनावरण गरेका छन् ।

गोरखा नगरपालिकाको पाँच लाख रुपैयाँ र परियार समाज नेपालको १० लाख रुपैयाँको लगानीमा नगर्चीको सालिक स्थापना गरिएको सालिक निर्माण समितिका सचिव सोमबहादुर अछामीले जानकारी दिए । ‘१५ लाख रुपैयाँ खर्च गरेर नगर्चीको अर्धकदको सालिक तयार गरियो’, गोरखा नगरपालिकाप्रमुख राजनराज पन्तले भने, ‘सालिक रहेको ठाउँलाई अब हामी नगर्चीपार्कको रूपमा विकास गर्छाैं ।’ करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण अघि बढाउन लागेको उनले बताए ।

परियार समाज नेपालले पनि पार्कलाई व्यवस्थित गर्न तथा पूर्वाधार निर्माण गर्न नगरपालिकासँग मिलेर काम गर्ने जनाएको छ । नगर्चीले गोरखकाली मन्दिर तथा गोरखनाथ गुफामा पूजाआजाको समयमा नगरा बजाउने काम गर्थे । नेपाल एकीकरण अभियानमा एक रुपैयाँ प्रदान गरी पृथ्वीनारायण शाहलाई अर्थ संकलनको उपाय सुझाएको भनेर इतिहासमा नगर्चीको चर्चा गरिएको छ । उनकै जुक्ति अपनाएर पृथ्वीनारायण शाहले तत्कालीन गोरखा राज्यभित्रका १ हजार २ सय घरधुरीबाट एक÷एक रुपैयाँ उठाएर खर्चको जोहो गरेको वर्णन इतिहासमा छ ।

सानोठिमी भक्तपुरका कलाकार पदम महर्जनले डेढ महिना लगाएर नचर्गीको सालिक बनाएका हुन् ।

मेयर पन्तका अनुसार नेपाल एकीकरण अभियानमा सघाउने काले सार्की, मनिराम गाइने, धार्ने कामीको पनि सालिक निर्माण गरिनेछ भने पाण्डे, पन्त, खनाल, अर्याल र भट्टराईको थरअनुसारको नमुना घर बनाउने लक्ष्य नगरपालिकाले राखेको छ । उक्त सालिकले गोरखाको पर्यटन क्षेत्रको विकास ऐतिहासिक विकासलाई टेवा पुग्ने विश्वास आफूले लिएको पन्तले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.