विद्यालयको साढे ४ रोपनी जमिन मिचियो

विद्यालयको साढे ४ रोपनी जमिन मिचियो

 पोखरा : पर्यटकीय केन्द्र लेकसाइडस्थित तालबाराही माविको साढे ४ रोपनी मिचिएको छ । जग्गा खोजीका लागि विद्यालयले पोखरा लेखनाथ महानगरपालिका र सरोकारवाला गुहारेको छ ।

लेकसाइडको डिहिकोपाटनमा ११ रोपनी जग्गा रहेको लालपुर्जा विद्यालयसँग छ । तर त्यसमध्येको साढे ६ रोपनीमात्रै फिल्डमा भेटिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम पहारीले दिए । ‘उत्तरपूर्वी र पश्चिम दिशातिरका वरिपरिकै व्यक्तिका घर र कम्पाउन्डभित्र १ रोपनी घुसेको छ’, उनले भने, ‘अर्काेतिर बाटो फराकिलो बनाउँदा व्यक्तिले नछाडी स्कुलको जग्गापट्टिमात्रै विस्तार गरिएको छ ।’

विद्यालयले अस्थायी भौतिक संरचना बनाउन लाग्दा स्थानीयले विरोध गरेपछि जग्गा विवाद सतहमा आएको हो । आफूहरुको स्वामित्वको जग्गा उपलब्ध गराउन नापजाँच गरिदिन विद्यालयले महानगरपालिकासँग माग गरेको छ । जग्गा मिच्नेहरुकै विरोधका कारण निजी स्रोतमा राखिएका शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराउन अस्थायी संरचना बनाएर भाडामा लगाउन नपाएको व्यवस्थापन समिति अध्यक्ष पहारीले सुनाए । ‘सरकारले निशुल्क शिक्षा भनेको छ, अंग्रेजी माध्यममा पढाइ गर्दा पनि निशुल्क पढाउन सकियोस् भनेर सटर बनाएर भाडामा दिन लागेका हौं’, विद्यालयकी प्रधानाध्यापक भद्रकाली लामिछानेले भनिन् ।

व्यवस्थापन समिति अध्यक्ष पहारी र प्रधानाध्यापक लामिछानेले जग्गा मिच्नेहरुकै पक्षमा लागेर पोखरा ६ का वडाध्यक्षले विद्यालयलाई असहयोग गरेको पनि आरोप लगाएका छन् । डिहिकोपाटनको जग्गामा पहिल्यै बनाएका केही सटरबाट महिनाको २ लाख ३७ हजार रुपैयाँ भाडा आर्जन गरिरहेको र नयाँ बनाएर थप डेढ लाख भाडा आम्दानी गर्न लागिएको प्रअ लामिछानेले सुनाइन् ।

उनकै भनाइमा तत्कालीन पोखरा नगर पञ्चायतले २०३७ सालमा तालबाराही माविलाई ११ रोपनी जमिन उपलब्ध गराएको थियो । २०४२ सालमा विद्यालयको नाममा त्यसको लालपुर्जा बनेको प्रअ लामिछानेले दिइन् । १०÷१२ जना व्यक्तिको घर र कम्पाउन्डले विद्यालयको जग्गा मिचेको र अरु जग्गा पनि खुलै रहोस् भनेर बाधा उत्पन्न गराएको अध्यक्ष पहारीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समिति रित्त रहेका बेला स्थानीयले सडक विस्तार गर्दासमेत एकापट्टिको मात्रै जग्गा लिएर विद्यालय स्वामित्वको क्षेत्रफल घटाइदिएका थिए । २०७२ सालमा नापी कार्यालयबाट जाँच हुँदा विद्यालयको जमिन घटेको पाइएको जानकारी उनले दिए ।

पोखरा ६ का वडासदस्य विष्णुबहादुर भट्टराईले जग्गा मिच्नेहरुबाटै विद्यालयको भौतिक संरचना निर्माणमा बाधा भइरहेको जानकारी दिए । उनले भने, ‘१ रोपनी व्यक्तिले नै मिचेका छन्, जब कि अहिले त्यहाँको जग्गाको भाउ रोपनीकै ७÷८ करोड रुपैयाँ छ’, उनले भने, ‘विद्यालयले सटर बनाएर व्यक्तिलाई फाइदा हुने होइन, पढाइलेखाइमै खर्च गर्ने हो, यस्तो पवित्र कार्य गर्न खोज्दा पनि विरोध हुनु अचम्मको कुरा हो ।’ अर्का वडासदस्य हरि पहारीले विद्यालयको जग्गा विद्यालयकै हुनुपर्ने बताए ।

प्रअ लामिछानेका अनुसार तालबाराही माविमा अहिले ९ सय ३३ विद्यार्थी छन् । दिवासेवामा मात्रै ३७ कर्मचारी तथा शिक्षकमध्ये १३ जनालाई निजी स्रोतबाट तलब खुवाउने गरेको उनले सुनाइन् । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा विहानी सेवातिर १६ मध्ये १४ शिक्षकलाई निजी स्रोतबाट तलब उपलब्ध गराइएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.