दिल्लीको होटेलबाट ३९ जना नेपाली युवतीको उद्दार

दिल्लीको होटेलबाट ३९ जना नेपाली युवतीको उद्दार

भैरहवा : वैदेशिक रोजगारीमा हिँडेका भनिएका ३९ जना नेपाली युवतीलाई भारतको एक होटेलबाटमा उद्दार गरिएको छ ।

नेपाली युवतीहरुलाई खाडी मुलुकमा बेचबिखनको लागि लैजान लागेको सूचनाको आधारमा दिल्लीस्थित महिला आयोगले पुलिसको सहयोगमा होटेलमा छापा मारेर ३९ जना नेपाली युवतीको उद्दार गरेको हो । 

उद्दार गरिएका ३९ जना युवतीहरुमध्ये तीनजनालाई दिल्लीमै उनीहरुका परिवारलाई जिम्मा लगाइएको छ । बाँकी ३६ जनालाई रुपन्देही प्रहरीको जिम्मा लगाइएको केआई नेपालको दिल्लीका उद्दार अधिकृत नवीन जोशीले बताए ।

उद्दार गरिएका युवतीहरुलाई भारतमा रहेको नेपाली दुतावसका कर्मचारी र केआई नेपालका कर्मचारीले रुपन्देही प्रहरीलाई बुझाएका छन् । नेपाली युवतीहरुलाई खाडी मुलुक र श्रीलंकामा बेचबिखनका लागि लैजान थालिएको अवस्थामा उद्दार गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले भारतीय सञ्चारमाध्यम आजतकलाई बताएकी छन् । 

नेपाली युवतीहरुलाई एकै स्थानमा राखेर विभिन्न स्थानमा बेचबिखन गरिरहेको सुचना प्राप्त पाएपछि होटेलमा छापा मारेर उनीहरुको उद्दार गरिएको उनले दावी गरेकी छिन् ।

दिल्लीको पहाडगंजस्थित हृदय इन नामक होटेलमा एक साथ बसेको अवस्थामा युवतीहरुलाई उद्दार गरिएको हो । उनीहरुको साथबाट राहदानी, नेपाली नागरिकता लगायत कागजपत्र फेला परेको छ । उनीहरु रहेको होटेलको कोठामा सिसिटिभी क्यामेरा समेत जडान गरिएको थियो । घटनाबारे दिल्ली पुलिस अनुसन्धान जारी राखेको बताइएको छ ।

यता रुपन्देही प्रहरीको जिम्मा लगाइएका ३६ जना युवतीलाई उनीहरुको परिवारलाई सम्पर्क गरेर जिम्मा लगाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अनुसन्धान अधिकृत उमेश जोशीले अन्नपूर्ण पोस्ट्लाई बताए ।

उनका अनुसार उद्दार गरिएका युवतीहरु गुल्मी, सुर्खेत, झापा, मोरङ र सुनसरी लगायतका जिल्लाका छन् । नेपालले रोजगारीको लागि बन्देज लगाएका तेस्रो मुलुकमा अवैधरुपमा जान लागेको अवस्थामा युवतीहरुको उद्दार गरी नेपाल ल्याइएको उनले बताए । उनीहरु इराक र कुवेत लगायतका मुलुकमा जाने तयारीमा थिए । उद्दार गरिएकामा अधिकांश २१ देखि ३५ वर्षका छन् । सोमबार एकजना युवतीलाई परिवारको जिम्मा लगाइएको छ ।

उद्दार गरी ल्याइएका २५ जना युवतीहरुलाई माइती नेपाल, ५/५ जनालाई केआई नेपाल र थ्री एन्जेल्सको आवासगृहमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.