भर्जिनियामा ‘डिटी फेस्ट २०२६’ को भव्य घोषणाः १० डलरमै अर्ली बर्ड टिकट पाइने

भर्जिनियामा ‘डिटी फेस्ट २०२६’ को भव्य घोषणाः १० डलरमै अर्ली बर्ड टिकट पाइने
सुन्नुहोस्

अमेरिका : अमेरिकाको डिसी, मेरिल्यान्ड र भर्जिनिया (डिएमभी) क्षेत्रकै सर्वाधिक लोकप्रिय ठूलो नेपाली सांस्कृतिक उत्सव ‘डि टी फेस्ट’ ले सन् २०२६ का लागि आफ्नो बहुप्रतीक्षित पुनरागमनको आधिकारिक घोषणा गरेको छ। 

नेपालीहरूको महान चाड दशैँ र तिहारको अवसरमा आयोजना हुने यो भव्य मेला आगामी अक्टोबर ११ मा भर्जिनियाको एशबर्नस्थित ‘वान लाउडन’ मा आयोजना हुँदैछ।

महोत्सवका मिडिया कोर्डिनेटर प्रविन भट्टराईका अनुसार, यस पटक समुदायका हरेक सदस्यको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले टिकट दरमा विशेष सहुलियत दिइएको छ। आयोजकले सीमित समयका लागि मात्र १० डलर (४१०) को ‘अर्ली बर्ड’ टिकट खुला गरेको छ। इच्छुक सहभागीहरूले आधिकारिक टिकट पोर्टलमार्फत यो विशेष अफरको लाभ उठाउन सक्नेछन्।

डिटी फेस्टलाई केवल एउटा मेला मात्र नभई एक पूर्ण समावेशी र बहुपिढी अनुभवको रूपमा तयार गरिएको छ भट्टराईले दाबी गरे। ‘जहाँ बालबालिकादेखि अभिभावकसम्म सबैले एउटै थलोमा रमाउन पाउनेछन्’ उनले भने ‘नेपालको पहिचान के हो भन्ने यसले दर्शाउनेछ।’ उनका अनुसार नेपालबाट आउने चर्चित कलाकारहरूको लाइभ प्रस्तुति, विविध नेपाली स्वादका फुड स्टलहरू, नेपाली हस्तकला तथा व्यापारिक सामग्रीहरूको प्रदर्शनी र किनमेल, बालबालिकाका लागि विशेष खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि, मौलिक सांस्कृतिक झाँकी र उर्जावान सांगीतिक वातावरण डिटी फेस्टको मुख्य आकर्षण रहनेछ।

हरेक वर्ष झैँ यस वर्ष पनि हजारौँको  संख्यामा नेपाली भाषीका साथै अमेरिकी र अन्य समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। महोत्सव स्थलमा नेपालको समृद्ध दृश्य र ध्वनिले गुञ्जिनेछ, जसले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै देशको झल्को दिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.