आकासे पुल निमार्ण अलपत्र

आकासे पुल निमार्ण अलपत्र

भैरहवा : बेलहिया–बुटवल सडकखण्डमा बन्ने आकासे पुलको निर्माण कार्य अलपत्र परेको छ । आकासे पुल निर्माणको ठेक्का पाएको कम्पनी महादेव खिम्ती एसियाटिक महेस जेभीले काम नगर्दा आकासे पुलको निर्माण कार्य अलपत्र परेको हो ।

गृहमन्त्री रामबहादुर थापाले लापरवाहीपूवर्क काम गर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा गरेपछि कम्पनीले केही दिन तीव्र गतिमा काम गरेको थियो । त्यै पनि पुल तोकिएको समयमा निर्माण हुन सकेको छैन ।

बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाले १० वटा आकासे पुल निर्माण कार्यका लागि १२ करोड ४८ लाख ५२ हजार २ सय ४८ रुपैयाँ लागत लाग्ने अनुमान गर्दै ठेक्का आह्वान गरेको थियो । जसमा निर्माण कम्पनीले सन् २०१७ साल २९ मार्चमा १० वटै आकासे पुल निर्माणका लागि ११ करोड ११ लाख १५ हजार दुई सय २५ रुपैयाँमा आयोजनासगँ सन् २०१८ जुलाई २८ तारिखमा (१५ महिनामा) सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

तर ठेकेदार कम्पनीको म्याद समाप्त भइसकेको छ । उसले निर्वाचन, बन्दलगायत कारण देखाउँदै ८ महिना म्याद थपको लागि आयोजनाको कार्यालयमा निवदेन दिएको छ । म्याद समाप्त भइसक्दासमेत आकासे पुलको निर्माणमा अपेक्षाअनुसार प्रगति नभएको बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जिनियर योगन्द्र अधिकारीले बताए । ठेकेदारले काममा लापरवाही गरेपछि आयोजनाले पटकपटक चेतावनीपत्र काटेको उनले बताए ।

उक्त मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मि श्र आकासे पुल निर्माण कम्पनीको म्याद अवधि समाप्त भएको बताउँदै अबको ६ महिनामा १० वटै आकासे पुलको निर्माण कार्य सम्पन्न हुने दाबी गरे । कम्पनीले म्याद थपको लागि दिएको निवेदनको प्रक्रियामा रहेको बताउँदै उनले थपिएको म्यादभित्र काम सम्पन्न नभए कारवाही गरिने बताए ।

‘निर्वाचनका कारण कामदारहरू घर गएपछि काम प्रभावित भएको थियो, जसका कारण ठेकेदारले दिएको निवेदनलाई कारवाही प्रक्रियामा राखेका छौं’, उनले भने, ‘माघसम्म सबै आकासे पुल बन्छ ।’ उनका अनुसार आकासे पुलका वित्तीय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ३५ प्रतिशत भएको छ ।

भैरहवामा ३ वटा र बुटवलमा ७ वटा गरी बेलहिया–बुटवल सडकखण्डमा १० वटा आकासे पुल निर्माण हुनेछ । भैरहवा क्षेत्रको बुद्धचोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बीचमा गरी ३ वटा पुल निर्माण हुनेछ । त्यस्तै बुटवलको ड्राइभर टोलमा, योगिकुटीमा, ट्राफिक चोक, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजस्व कार्यालयको बीचमा गरी ७ वटा निर्माण हुनेछ ।

आकाशे पुलको उचाइ ५ मिटर, लम्बाइ साढे २ मिटर र चौडाइ ३० मिटरको हुने तथा पुल अपांगतामैत्री पनि हुने आयोजनाको कार्यालयले जनाएको छ ।

साथै पुलको दुवैतर्फ सोलार बत्ती पनि जडान हुनेछ छ भने यात्रुहरूका लागि सन्देशमूलक सूचना प्रवाह गर्न डिस्प्ले बोर्डसमेत लगाइने आयोजनाका प्रमुख मि श्रले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.