दुर्गम गाउँँ सोलारले झिलिमिली

दुर्गम गाउँँ सोलारले झिलिमिली

गुल्मी : गुल्मीका दुर्गम गाउँँ सोलार बत्तीबाट झिलिमिली भएका छन्। गुल्मीका कतिपय गाउँमा अझै विद्युत् विस्तार भएका छैनन्। विद्युत् नपुगेका ठाउँमा गाउँलेहरूले सोलार जडान गरेका छन्।

मदाने गाउँँपालिकाअन्तर्गतको दुर्गम क्षेत्रमा रहेको सिर्सेनीका विपन्न परिवारमा सोलार जडान गरिएको छ। सोलार जडान गरेपछि उनीहरू लाभान्वित भएका छन्। विद्युत् जडान गर्न नसक्नेहरूलाई सोलारले अझ बढी राहत मिलेको स्थानीय बताउँछन्। ‘सोलार पाएपछि मनै उज्यालो भएको छ’, सिर्सेनीकी स्थानीय २५ वर्षीय पूजा नेपालीले भनिन्।

विपन्नलक्षित उज्यालो कार्यक्रमअन्तर्गत सिर्सेनीका २५ परिवारले निःशुल्क सोलार पाएका हुन्। जिल्ला वन कार्यालयअन्तर्गतको मदाने संरक्षित कार्यक्रममार्फत विपन्न परिवारलाई सोलार प्यानल वितरण गरिएको हो। सोलार जडान भएपछि मट्टितेलबाटै बत्ती बालेका स्थानीयको जीवनशैली नै फेरिएको छ। ‘सोलारले घर मात्रै होइन मनै उज्यालो बनाइदियो’, स्थानीयले भने। स्थानीय संगीता घर्तीले पनि निःशुल्क सोलार पाएकोमा खुसी व्यक्त गरिन्। ‘सानो टुकीमारा बत्तीमा रात गुजारिरहेका थियौं’, उनले भनिन्, ‘सोलार पाएपछि छोराछोरीलाई पढ्न धेरै सजिलो भएको छ।’ सोलार भन्ने थाहा नहुने वृद्धवृद्धाहरूले आकासे बिजुली बालेको अनुभव सुनाएका छन्।


सोलार जडान भएपछि मट्टितेलबाट बत्ती बालेका स्थानीयको जीवनशैली नै फेरिएको छ।

उज्यालो कार्यक्रमअन्तर्गत २५ परिवारका झण्डै दुईसय बढी उपभोक्ताको घरमा उज्यालो भएको छ। कार्यक्रमअन्तर्गत गरिब, दलित र जनजाति समूहलाई विशेष प्राथमिकता दिइएको छ। यस क्षेत्रका नागरिकहरूले हिजोआज सोलारबाटै उज्यालोसँगै मोबाइल, लाइटलगायत सामग्री चार्जसमेत गर्दै आएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.