चार वर्षमा २७ करणी

चार वर्षमा २७ करणी

 लिबाङ : रोल्पामा पछिल्लो चार वर्षमा २७ वटा करणीका घटना भएका छन्। जबरजस्ती करणीका १७ र करणी उद्योगका १० घटनाका पीडितले प्रहरीमा उजुरी नै गरेका हुन्। गएको वर्ष मात्रै जिल्लामा जबरजस्ती करणीका ५ र जबरजस्ती करणी उद्योगका ३ गरी आठ उजुरी प्रहरीमा पुगेका छन्।

जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार दक्षिणी रोल्पामा २८ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो। १८ देखि २४ वर्षका पाँच युवाद्वारा ती महिला बलात्कृत भएकी थिइन्। पीडित महिलाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गरेपछि ती युवा पक्राउ परेका थिए। पूर्वी रोल्पाका विकट गाउँमा १७ वर्षीय किशोरी १५ वर्षीय किशोरबाट बलात्कृत भइन्। प्रलोभन देखाएर किशोरबाट बलात्कृत भएको उजुरी परेको थियो। गत वर्ष फागुन महिनामा मात्र यहाँ यी दुई घटना भएका थिए। आर्थिक वर्ष ०७५÷७६ को साउन दोस्रो सातामा पश्चिम रोल्पामा एक महिला बलात्कृत भएकी छन्। यस घटनामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ८ वर्षकी बालिका १४ वर्षका बालकबाट बलात्कृत भएको मुद्दासमेत दर्ता भएको छ। उनीहरूलाई बालमिच्याइअन्तर्गत मुद्दा चलाइएको छ।

मुद्दा शाखामा प्रहरी हवल्दार हरिसिंह ठकुरीका अनुसार ८ देखि ६५ वर्षकी महिला बलात्कृत भएका छन्। आव ०७१÷७२ मा जबरजस्ती करणीका २ र जबरजस्ती करणी उद्योगका ३, ०७२÷७३ मा जबरजस्ती करणीका २ र जबरजस्ती करणी उद्योगका १ र आव ०७३÷७४ मा जबरजस्ती करणीका ८ र जबरजस्ती करणी उद्योगका ३ मुद्दा दायर भएका छन्। आर्थिक वर्ष ०७३÷७४ मा अप्राकृतिक मैथुनको एउटा घटनासमेत भएको थियो।

ति घटनामा संलग्न धेरैजसो कारागार चलान भईसकेका छन् भने केहीको अनुसन्धान जारी छ। कोही पुर्पक्षका लागि थुनामा रहेका पनि छन्। जबरजस्ती करणीका घटना वर्षेनी बढ्न थालेपछि जिल्लामा चिन्ता वढेको छ। महिला माथिका बलात्कारका घटना हुन नदिन अधिकारकर्मीहरूले चिन्ता जाहेर गरेका छन्। घटनाका दोषीलाई कडा कारवाही गर्न आवश्यक रहेको मानवअधिकारकर्मी घनश्याम अचार्य वताउँछन्।

जबरजस्ती करणीका घटनाका उजुरी उपर संवेदनशिल भएर अनुसन्धान गरिदै आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल वताउँछन्। ‘बलात्कारका घटना हुन नदिन हामीले जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएका छौं।’, प्रनाउ फुयाँल भन्छन्, ‘महिला हिंसा र बलात्कारका घटना हुन नदिन आमा समूह, विद्यार्थी र सरोकारवाला बीच सचेत रहन आव्हान गर्ने कार्य गर्दै आएका छौं।’

जिल्ला प्रहरी कार्यालयले ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान’ कार्ययोजना समेत वनाएको छ। जिल्लाका सरोकारवालाको सहभागितामा कार्ययोजना वनेको छ। कतिपय बलात्कारका घटना गाउँमा मिलापत्र हुने गरेको पनि वताईन्छ। बलात्कारका घटनामा पनि आरोपित छुटाउन राजनीति दवाव हुने गरेको महिला अधिकारकर्मी वताउँछन्। बलात्कृत महिला गाउँमा तिरस्कारमा पर्ने जोखिम समेत रहेको छ। प्रहरीले भने बलात्कारका घटनाको अनुसन्धानमा गोप्यता कायम गर्दै आएको जनाएको छ। बलात्कारका घटना अन्त्य गर्न कडा कानून आवश्यक रहेको सरोकारवालाले माग समेत गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.