इन्काउन्टर फेक नभएको गृहमन्त्रीको दावी

इन्काउन्टर फेक नभएको गृहमन्त्रीको दावी

भरतपुर : गृहमन्त्री रामबहादुर थापाले निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि गरिएको इन्काउन्टर फेक (झूठो) नभएको दावी गरेका छन्। मन्त्री थापाले प्रहरीसँगको मुठभेडमा अपहरणकारी मारिएको दावी गरेका हुन्।

बिहीवार व्यवस्थापिका संसदअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने प्रतिबद्धता गरेका गृहमन्त्री थापाले शुक्रबार चितवनमा इन्काउन्टर फेक नभएको बताएका हुन्।

भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निशानको अपहरणपछि हत्याको आरोप लागेका गोपाल तामाङ र अजय तामाङ इन्काउन्टरमै मारिएको बताएका हुन्। अपराध न्यूनीकरणका लागि सरकार सफल भएको उनको दावी छ।

थापाले साढे ३३ किलो सुन तस्करीको मुद्दा निष्कर्षतर्फ पुगेको बताए। छानविन समितिका संयोजक गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको सरुवा नियमित प्रकृयाअन्तर्गत भएको दावी उनले गरे। ‘कर्मचारी सरुवा नियमित  पक्रिया हो। छानविनमा असर पर्दैन', उनले भने, 'छानविनको प्रकृया करिब टुङ्गिइसकेको छ। केहीकाम बाँकी छ।’ सुन तस्करीको मुद्दा अदालतबाटै  निर्णय हुने उनले बताए।

गृहमन्त्री थापाले विप्लव नेतृत्वको  नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड गैरकानुनी क्रियाकलापमा सहभागी भएकोले पक्राउ गरेको बताए। गैरकानुनी क्रियाकलाप गर्नेलाई सरकारले नछोड्ने भन्दै थापाले अपराध नियन्त्रणका लागि सरकारले आफ्नो काम गरेको बताए।

‘म गृहमन्त्री हुँ। मेरो काम अपराध नियन्त्रण गर्ने हो। त्यसैअन्तर्गत प्रकाण्ड समातिएका हुन्’, उनले भने ‘कानुन र विधि उल्लघंन गरेकाले प्रकाण्ड अपराधी हुन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.