विमेस्टेकका पाहुनालाई लुम्बिनी ल्याइने

विमेस्टेकका पाहुनालाई लुम्बिनी ल्याइने

बुटवल : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि हुने विमिस्टेक सम्मेलनमा आउने राष्ट्रप्रमुखहरूलाई लुम्बिनी ल्याउने योजना बनाइएको छ । आगामी भदौ १४ र १५ गते हुने विमिस्टेकको चौथो शिखर सम्मेलनमा नेपालसहित भारत, बंगालादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने छन् । विमिस्टेक शिखर सम्मेलनका समयमा केही राष्ट्रप्रमुखहरूको लुम्बिनी भ्रमणको सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘भ्रमणको कार्यक्रम सुनिश्चित भइसकेको छैन । तर कुरा चलिरहेको छ ।’ परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘केही राष्ट्रप्रमुखहरूले लुम्बिनी पनि जाने इच्छा जाहेर गर्नुभएको छ ।’ पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि राष्ट्र तथा सरकार प्रमुखहरूलाई लुम्बिनी भ्रमण गराउने तयारी भइरहेको जानकारी दिए । ‘म्यानमार र थाइल्यान्डका राष्ट्रप्रमुखहरूले अनौपचारिक रूपमा इच्छा जाहेर गनुृभएको छ । औपचारिक रूपमा जानकारी आएपछि हामी तयारीमा लाग्छौं ।’ उनले भने, ‘२ देखि ४ जनासम्म राष्ट्रप्रमुखको लुम्बिनी भ्रमण हुने सम्भावना यसपटक छ ।’ विमिस्टेक सम्मेलनका लागि पर्यटन मन्त्रालयका फोकल पर्सनसमेत रहेका लामिछानेले लुम्बिनी विकास कोषलाई अनौपचारिक जानकारीमार्फत तयारी अवस्थामा रहन भनिएको बताए ।

सम्मेलनमा सहभागी केही राष्ट्र बौद्ध धर्मको बाहुल्य भएका छन् । लुम्बिनीमा धेरै पर्यटक आगमन हुने मुलुक क्रमशः श्रीलंका, थाइल्यान्ड र म्यानमार हुन् । २०१७ मा श्रीलंकाबाट ४८ हजार ५ सय २१ पर्यटक लुम्बिनी आएका थिए । श्रीलंकाका राष्ट्रपति, सभामुखलगायत उच्चस्तरबाट भ्रमण भएको थियो । थाइल्यान्डबाट २७ हजार ६ सय ३ र म्यानमारबाट २१ हजार ५ सय ३१ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यसअघि पनि यी मुलुकबाट मन्त्रीस्तरीय भ्रमण हुने गरेकाले यस पटक राष्ट्रप्रमुखककै हैसियतमा भ्रमण हुने सम्भावना छ । प्रधानमन्त्री भएपछि चार पटक नेपालको भ्रमण गरेका नरेन्द्र मोदीले पटक पटक लुम्बिनी जाने आफ्नो इच्छा प्रकट गरेका छन् । सार्क सम्मेलन ताका मोदीको भ्रमणको लुम्बिनीमा तयारीसमेत भएको थियो । तर भ्रमण हुन नसकेकाले यसपटक भ्रमण हुने सम्भावना छ । श्रीलंका र भुटानबाट सार्क सम्मेलनताका उच्चस्तरीय भ्रमण भएकाले अहिले भ्रमण हुने सम्भावना कम छ ।

संस्कृति तथा पर्यटनविद् डा. गितु गिरीले विमिस्टेक सम्मेलन बुद्धस्थल लुम्बिनीको विश्वव्यापी प्रचार र प्रवद्र्धन गर्ने एउटा महŒवपूर्ण अवसर भएको बताएका छन् । ‘सरकारले बढीभन्दा बढी राष्ट्रप्रमुखलाई यसबेला लुम्बिनी ल्याउने प्रयास गर्नुपर्छ ।’ उनले भने, ‘विमिस्टेक सम्मेलनको मन्त्रीस्तरीय वा सचिवस्तरीय कुनै कार्यक्रमसमेत लुम्बिनीमा राखेको भए अझ राम्रो हुन्थ्यो ।’

पर्यटन मन्त्रालयलयका सहसचिव लामिछानेले पूर्वाधारको अभावमा ठूला कार्यक्रम लुम्बिनीमा गर्न नसकिएको बताए । उनले भने, ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि कतिपय अन्तर्राष्ट्रियस्तरका कार्यक्रम लुम्बिनीमा पनि हुनेछन् । सरकार त्यसको तयारीमा छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.