बितण्डा मच्चाएर उपलब्धी हुन्छ भन्नु अज्ञानता : प्रचण्ड
![बितण्डा मच्चाएर उपलब्धी हुन्छ भन्नु अज्ञानता : प्रचण्ड](https://annapurnapost.prixacdn.net/media/albums/prachanda-upendra-chitwan_20180811055632_0MrWKAAVUf.jpg)
भरतपुर : नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बितण्डा मच्चाएर उपलब्धी हुन्छ भन्नु अज्ञानताबाहेक अरु केही नहुने बताएका छन । विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै दाहालले भने–‘वितण्डा मच्चाएर आतंकित बनाएर केही हुन्छ भन्नु सारै ठूलो अज्ञानता बाहेक केही होइन’। शनिबार भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै दाहालले सरकार र आफ्नो पार्टी वार्ताबाट निकास निकाल्ने प्रयासमा लागेको दाबी गरे । उनले भने–‘अर्को पक्ष पनि वार्ताको लागि तयार हुनप¥यो, आतंक मच्चाउदै हिड्ने अनि सरकारले मात्रै वार्ता भन्न त सक्दैन नी ।’
दाहालले प्रधानन्यायाधीश नियुक्ति प्रकृयाले संसदको सर्वोच्चतालाई स्थापित गरेका दाबी गरे । संवैधानिक परिषद्ले सिफारिस मात्रै गरेकाले संसदबाट गठित संसदीय सुनुवाई समितिले आफ्नो निर्णय गरेको बताए । संसदीय समितिमा परेको उजुरी अनुसार जवाफ चित्त नबुझेपछि दीपकराज जोशीको नियुक्ती नभएको उनले दाबी गरे। ‘संवैधानिक परिषदले सिफारिस गरेपछि त्यसलाई मान्नुपर्छ भन्ने परम्परा तोडिएको छ, यसअघि सोझै निर्णय हुने परम्परा अधिनायकवाद जस्तो देखियो’ उनले भने ‘ सिफारिस व्यक्तिको नाममा उजुरीको आधारमा चित्त बुझ्दो जवाफ नआएपछि अस्विकृत गरिएको हो’ ।
भरतपुर विमानस्थलमा उत्रिएपछि प्रचण्ड । तस्बिरः अनिल ढकाल
दाहालले जनताको अपेक्षा अनुसार काम भए नभएकोबारे सरकार र पार्टीले समीक्षा थालेको जानकारी गराए । कानुन निर्माण नहुँदा प्रादेशिक सरकारको भूमिका नदेखिएको अध्यक्ष दाहालले स्पष्ट पारे । कर बृद्धि बारे जनताको गुनासो सम्बोधनका लागि उपायको खोजी भइरहेको दाबी गरे ।
संघीयता अनुसारको स्थानीय, प्रादेशिक र केन्द्रको करको भार जनतामाथि थोपरिए संघीयता कार्यान्वयनमा अप्ठेरो हुने समेत जिकिर गर्दै उनले भने–‘जनता र व्यवसायीको प्रश्न सुन्दा केन्द्र , प्रादेिशक र स्थानीय तहको करैकर थोपरिँदा संघीयता कार्यान्वयनमा अप्ठेरो पछर्, करको विषयमा सम्बोधन गर्न हामी लागी परेका छैाँ।’
दाहालसंगै चितवन आएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य र कृषिलाई आधुनिकिरण नगरेसम्म आर्थिक समृद्धि नहुने बताए । दाहाल र यादव छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)