पर्यटकीयस्थल बन्दै शान्ती बगैचा

पर्यटकीयस्थल बन्दै शान्ती बगैचा

 अर्घाखाँची : अर्घाखाँचीको जिल्ला सदरमुकामको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । अभियान सुरु भएको केही महिनामै बगैंचाको मुहार नै फेरिएको छ । पहिलो चरणमा शान्ती बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।

पर्यटकहरुलाई आकर्षित गर्नका लागि बगैचालाई व्यवस्थित र थकान तथा पिडामा रहेका मानिसहरुको थकाइ र पिडा पार गर्ने खालको शान्ती बगैचा बनाउन नगरपालिका र स्थानीयहरु लागि परेका छन् ।   सन्धिखर्क बजारको बिचमा रहेको शान्ती बगैचामा आपका रुखमात्र रहेका थिए । यसलाई नँया योजनाका साथ आपका रुखहरुसँगै  व्यवस्थित गरेर प्रमुख पर्यटकीय शान्ती क्षेत्रको रुपमा विकास गर्न  थालिएको हो । 

शान्ती बगैचामा बुद्धको मुर्ती राखिएको छ ।  सबै क्षेत्रमा फुल, पानीका फहरा तथा उद्यान पार्कको रुपमा विकास गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए । उनले शान्ती बगैचालाई व्यवस्थित गरेर नँया संरचनाका साथ निर्माण गरेर अशान्ती भएको समयमा बगैचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए । 

पानीको फोहरा, गणेश  मन्दिर, बाल,युवा तथा वृद्धवृद्धामैत्री पुर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडी बढाएकोे नगर प्रमुख भुसालको भनाइ छ  । 
फुलबारी, बाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नका लागि सन्धिखर्क नगरपालिकाले गत बर्ष ३५ लाख रकम विनियोजन गरेर काम गरेको थियो । रकम अभावले सोचे अनुसारको काम नहुने भएपछि यस बर्षको लागि १० लाख रकम विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले बताए । 

भैरहवावाट अशोका, क्रिसमस ट्रि, धुपी सल्ला, लगायतका बिरुवाहरु ल्याएर लगाउन थालिएको निर्माण समितिका अध्यक्ष नारायण बन्जाडेले बताए । उनले भने ‘पर्यटकीय स्थल बनाउन सबै लागि परेका छौ । देसकै नमुना बगैचा बनाउने हाम्रो योजना छ ।’ 
सुपा देउराली मन्दिरमा आएका पर्यटकहरुलाई आकर्षित गर्नका लागि बगैचाको नँया व्यवस्थापन गर्न थालिएको हो । यहाँ दैनिकरुपमा झण्डै ५ सय मानिसहरुले अवलोकन गर्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.