जग हाल्नै १८ महिना

जग हाल्नै १८ महिना

बेनी : ५० शड्ढया क्षमताको बेनी अस्पताल भवन निर्माण सुरु भएको १८ महिनासम्म पनि जग हालेर सकिएको छैन। उत्कृष्ट कार्यसम्पादन, सेवाप्रवाह र चरणबद्ध योजनाका कारण सरकारले दुई वर्षअघि १५ शड्ढयाको अस्पताललाई स्तरोन्नति गर्दै ५० शड्ढयाको बनाउन सुरु गरेको थियो।

सोहीबमोजिम अत्याधुनिक भवन निर्माणका लागि २४ करोड ४ लाख बजेट विनियोजन गरेको थियो। तर ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेको छ। २०७६ असोजभित्र काम पूरा गर्ने गरी डिभिजन कार्यालयले ०७३ पुस २१ मा काठमाडौंको महादेव खिम्ती, गल्वा रफिना जेभीलाई १८ करोड ९० लाखमा ठेक्का दिएको हो। अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले ठेकेदारको चरम लापरबाहीले जग हाल्ने काम पनि पूरै नसकिएको बताए। ‘जगमा हाल्न प्रयोग गरिएका डण्डी खिइन लागेको छ। ढलानका लागि खनेका भाग नपुरेका कारण भत्किएको छ’, उनले भने, ‘हामीले ठेकेदार र भवन डिभिजन कार्यालय बागलुङलाई बारम्बार ध्यानाकर्षण गराएका छौं, तर काम अघि बढ्नै सकेको छैन।’

बहिरंग, डेन्टल, प्रशासनिक र प्रसूति वार्ड रहेको पुरानो भवन भत्काएर बनाउन थालेको नयाँ भवनको निर्माण कार्य अलपत्र बनेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको छ। पुरानो संरचना भत्केपछि ६५ लाख रुपैयाँमा अस्थायी संरचनामार्फत सेवाप्रवाह गरिरहेको अध्यक्ष रेग्मीले बताए। ‘यतिसम्म कि हामीले यसबारे प्रदेश सरकारलाई पनि जानकारी गराएका छौं, कि काम गर्नुप¥यो होइन भने ठेक्का रद्द गरेर जानुप¥यो’, उनले भने, ‘मानवीय स्वास्थ्यसँग जोडिएको काममा विलम्ब हुँदा ज्यादै समस्या उत्पन्न भएको छ।’

अस्पताल भवन जिल्लामा बन्ने सबैभन्दा ठूलो सरकारी संरचना हो। ५ हजार ३ सय वर्गमिटरमा एकतला अन्डरग्राउन्डसहित तीनतले भवन निर्माण हुनेछ। पहिलो तलामा ओपीडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहनेछ ।


ठेकेदारको चरम लापरबाहीले जग हाल्ने कामसमेत पूरै सकिएको छैन।

अस्पतालका सबै तला अपांगमैत्री हुनेछन्। अलपत्र भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रतिनिधिसभा सांसद भूपेन्द्र थापा, प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसद विनोद केसीको टोलीले अनुगमन गर्दै ठेक्का प्रक्रिया रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘ठेकेदारको चरम लापरबाही देखिएको छ, स्वास्थ्यसंस्था जस्तो संवेदनशील क्षेत्रको कामलाई अलपत्र बनाउने ठेकेदारलाई कडा कारबाहीको प्रक्रिया अघि बढाउनेछौं’, मुख्यमन्त्री गुरुङले भने। सहरी विकास तथा भवन निर्माण विभागले पटकपटक पत्र काटेर सचेत गराउँदासमेत काम नभएपछि कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। ‘ठेक्का प्रक्रियाको बोलकबोलमा जाँदा यो ठेकेदार पायो, तर यसअघिका कुनै पनि काम उसले समयमै गरेको छैन, यसलाई रद्द गरेर अर्को प्रक्रियामा जाने योजना बनाएका छौं’, डिभिजन प्रमुख प्रकाश अर्यालले भने।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.