बिहेको तीन महिनामै पत्नीको हत्या

बिहेको तीन महिनामै पत्नीको हत्या

वीरगन्ज : बाराको देवताल गाउँपालिकामा एक युवकले बिहे भएको तीन महिना नबित्दै पत्नीको ज्यान लिएका छन् । देवताल गाउँपालिका वडा नम्बर–६ रौवाही टोलकी २० वर्षीया ममतादेवी प्रजापतिको उनकै पति अनिल प्रजापतिले  हत्या गरेका हुन् । वैशाख २८ गते बिहे गरेका उनले तीन महिनामै पत्नीको ज्यान लिए ।

आफनै घरमा सुतिरहेको अवस्थामा आइतवार राति करिब ११ बजेतिर पति–पत्नीबीच समान्य विवाद हुँदा आवेशमा आएका अनिलले पत्नी ममतालाई कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेका हुन् ।

हत्याका आरोपित अनिललाई आइतवार राति नै उनको घरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अनिलविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी सोमबार जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक राठौरका अनुसार प्रहरी हिरासतमा रहेका अनिलले पत्नीको हत्या गरेको स्वीकार गरिसकेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा अनिलले राति पत्नीसँग सामान्वय विवाद हुँदा आवेशमा आएर घाँटी थिची हत्या गरेको स्वीकार गरेका हुन् । 

पक्राउ परे लगत्तै भने अनिलले राति दुईतीनजना अपरिचित व्याक्ति घरमा प्रवेश गरी ममताको हत्या गरेको बयान दिएका थिए । ‘राति १२ बजेतिर अनिल र उनका दाजु सन्तोषले प्रहरीलाई फोन गरेर अपरिचित व्याक्तिले घरमा आएर ममताको हत्या गरेको भनेर खबर गरेका थिए’, प्रहरी नायव उपरीक्षक रौठोरले भने, ‘तर घटनास्थलमा प्रहरी पुग्दा उनीहरुले भने अनुसारको अवस्था नदेखिएपछि पक्राउ गरेर ल्यायौँ,  बयानका क्रममा अनिलले अपराध स्वीकार गरे ।’
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.