बम डिस्पोज गरेपछि यातायात सुचारू

बम डिस्पोज गरेपछि यातायात सुचारू

महोत्तरी:  अपडेट ः रातुपुलमा राखिएको बम नेपाली सेनाकाे बम डिस्पोजल टोलीले  डिस्पोज गरेको छ । बर्दिबासको फस्ट राइफल गणबाट खटिएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम डिस्पोजपछि सवारी आवागमन सुचारु भएको छ । 


पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिबासस्थित रातु–छहरा पुलमा कुकर बम राखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका क्रममा २४ घण्टा व्यस्त रहने यो पुलमा राखिएको हो । 

पुलमै कुकर बम राखिएपछि यहाँबाट पूर्व–पश्चिम राजमार्गको यातायात एक घण्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ ।  यातायात रोकिँदा सयौँ सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् ।

बम राखिएपछि अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छिन्नमस्ता गणको टोली पुगिसकेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली भने घटनास्थलमा आउने क्रममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.