अधिकांश ग्रामीण सडक अवरुद्ध

अधिकांश ग्रामीण सडक अवरुद्ध

तानसेन : गत आर्थिक वर्ष विनियोजित बजेटको आधा रकम सडक निर्माणमा खर्च गरेपनि पाल्पाका अधिकाश ग्रामिण बाटो पहिरोका कारण अवरुद्ध भएका छन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि घर घरमा पुग्ने गरी डोजरको अत्याधिक प्रयोग गरी बाटो खनिएपनि बर्षाको पानीले गत बर्ष खनिएका सवै सडक पहिरोका कारण अवरुद्ध भएका छन ।

जिल्ला सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले गत बर्ष निर्माण गरेका अधिकाशं ग्रामिण सडक पहिरोका कारण अवरुद्ध भएका छन । पर्यटकिय सडक तानसेन रानीमहल सडक पहिरोका कारण केही दिन देखि बन्द रहेको छ । सडक निर्माणको लागी स्थानीयबासीले डिभिजन सडक कार्यालय र तानसेन नगरपालिकामा पटक पटक आग्रह गर्दा समेत पहिरो सफा नगर्दा दैनिक रुपमा रानीमहल पुग्ने पर्यटकहरु लाई सास्ती पुगेको स्थानीय पोषकान्त बस्यालले बताए ।

धार्मिक पर्यटकिय मार्गको रुपमा परिचित हुदै गरेको तानसेन तेल्घा गुफाचौर सडकको अधिकाशं स्थानमा पहिरो झरेको छ । तानसेन छेरलुङ सडक, तानसेन बौघागुम्वा सडकमा पहिरोका कारण अवरुद्ध भएको छ । तानसेन नगरपालिकाले ६५ किलोमिटर सडकको स्तरोन्नती ३ किमि कालोपत्रे, १ किमि ग्राभेल र ६१ किमि नयाँ ट्रयाक खोलेको जनाएको छ ।

कालीगण्डकीको किनारै किनार खनिएको कालीगण्डकी करिडोरको पाल्पा खण्डको अधिकाशं स्थानमा पहिरो झरेको कारण सडक अवरुद्ध हुदै आएको छ । यातायात संचालनमा राम्दी रामपुर सडक खण्डको अधिकाशं स्थानमा पहिरो झरेपछी सो क्षेत्रका जनताका रामपुर बेलडाडा हुदै सदरमुकाम तानसेन जानुपर्ने बाध्यता रहेको छ ।

निस्दी गाउँपालिकाको केन्द्र रहेको मित्यालमा समेत पहिरोका कारण सहज रुपमा जाने स्थिती छैन भने ग्रामिण भेगका सडकहरु मोटरसाईकल समेत गुड्न सक्ने अवस्थामा छैन । पूर्वखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक विरकोट पुर्वखोला सडकमा समेत पहिरोका कारण अवरुद्ध हुदै आएको छ । सिलुवादेखी अर्चले जोड्ने बाटोमा नियमित गाडी सञ्चालन हुन छाडेको छ ।

रम्भा गाउँपालिका वडा नं. २, ४ र ५ देखी गाउँपालिका केन्द्र जोड्ने बाटोको अधिकांश भागमा पहिरो खसेको छ । तिनाउँ गाउँपालिका–२ मा ३० लाख खर्चर गरेर ५ किलोमिटर सडक ग्राबेल बाटो बनाईएको छ तर अहिलेसम्म नियमित गाडी गुड्न सकेको छैन । रैनादेवी छहराको अधिकांश वडादेखी गाउँपालिकाको केन्द्र जाने ग्रामीण सडक बन्द हुँदा सेवा प्रवाहमै समस्या भएको छ ।

गत बर्ष स्थानीय तहले खनेका सबै सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ भने विगतका पुराना सडकमा स्तर उन्नतीको नाममा जथाभावी डोजर प्रयोग गर्दा पहिरोका कारण यातायात अवरुद्ध भएका छन । प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र कष्टकरमात्र होईन जोखिमयुक्त बनेका हुन् ।

सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । असार मसान्तको समयमा सम्पन्न गरिएका सडक योजनाका काम अहिले वर्षाको भेलसँगै बगेको रिव्दिकोट गाउँपालिका वडा ४ का लक्ष्मण ठडराईले बताए ।

हिउँदभरि बाटाहरु खनिन्छ, अहिले वर्षामा बगेर जान्छ केही सडक देखाउनका लागि खनिएका सडकमा गाईवस्तु समेत हिड्न सक्ने अवस्था नभएको ठड्राईले बताए । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सडक दुर्घटना बढ्दै जानुमा जथाभावी खनिएका सडक नै प्रमुख कारण भएको नेपाल नागरिक समाजका अगुवा मिनबहादुर केसीले बताए । बाँसटारी झडेवा सडक , चिलाङ्दी चापपानी सडक, हार्थोक छहरा तीनगिरे सडकका केही स्थानमा कालोपत्रे भत्किएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.