दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने

दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने

घोराही: दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने भएका छन् । सेवाग्राहीलाई हपताको सातै दिन सरकारी सेवा दिने उद्देशयले जिल्ला प्रशासन कार्यालय दाङले विदाको दिन शनिवार पनि कार्यालय सञ्चालन गर्न लागेको हो । 

नागरिकहरुको सेवालाई मध्यनजर गरेर शनिवार पनि कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । 

भदौ एक गतेदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय शनिवार पनि खुल्नेछ । त्यसपछि अन्य कार्यालयहरु पनि क्रमिकरुपमा अरु कार्यालयबाट पनि यो सेवा सुरु हुने उनले बताए । 

‘हामी शनिवार पनि कार्यालय सञ्चालन गर्ने निर्णयमा पुगेका छौँ,’ उनले भने, ‘यसले सेवाग्राहीमा सहज हुने अपेक्षा छ ।’ ६ दिनसम्म व्यवस्त हुने नागरिकले फुर्सद भएको दिन शनिवार पनि सरकारी सेवा लिन सकुन् भनेर यस्तो निर्णय लिइएको उनको भनाइ छ । 

‘शनिबार सबै व्यस्त हुन्छन, ६ दिनसम्म आफनो काम गर्ने र नभ्याउने अवस्थालाई ध्यानमा राखेर विदाको दिन पनि कार्यालय सञ्चालन गरेका हौँ’ उनले भने, ‘सेवाग्राहीको समय सदुपयोग होस, शुक्रबार नभ्याइएको कामका लागि आइतवारसम्म कुर्नु नपरोस् भन्ने ध्यय पनि हो ।’ 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले शनिवार कार्यालय सञ्चालनका लागि जिल्लाका अन्य सरकारी कार्यालय र स्थानीय तहसँग पनि राय लिइरहेको बताए । ‘भदौदेखि नै शनिवार विहान ११ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालयसञ्चालनमा आउने छ’, प्रजिअ श्रेष्ठले भने, ‘इलाका प्रशासनले गर्ने कामसमेत शनिवार जिल्ला प्रशासनबाटै हुने छ ।’

उनले शनिवार काम गरे वापत अरिक्त सेवा शुल्क नलिने बताउँदै स्वयम्सेवी रुपमा काम गरिने बताए । उनका अनुसार चाडपर्वमा पनि यो सेवा निरन्तर हुने छ । 

भिडियो

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.