सम्पत्ति सार्वजनिक गर्दै जनप्रतिनिधि

सम्पत्ति सार्वजनिक गर्दै जनप्रतिनिधि

दैलेख : नारायण नगरपालिकाका जनप्रतिनिधिले आइतबार सम्पत्ति सार्वजनिक गर्ने भएका छन् । जनप्रतिनिधिले आफूसँग भएको चल–अचल सम्पत्तिको विवरण एक कार्यक्रमबीच सार्वजनिक गर्ने तयारी गरेका हुन् । नारायण नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले ११ औं राष्ट्रिय सूचना दिवसको अवसर पारेर सम्पत्ति सार्वजनिक गर्न लागेको बुझिएको छ । देशभरका स्थानीय तहमध्ये पहिलो पटक यस नगरपालिकाका जनप्रतिनिधिबाट सम्पत्ति सार्वजनिक गर्न लागिएको हो ।

जनप्रतिनिधिले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनअनुसार सम्पत्ति विवरण फाराम भरेका छन् । सो फाराममा चलअचल सम्पत्ति, बैंक वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर वा ऋणपत्रको विवरण, सवारीसाधन, कृषि तथा पशुधनलगायत उल्लेख गर्नुपर्ने कुरा समावेश गरिएको छ । फाराममा उल्लेख गरिएअनुसार विवरण भरेर जनप्रतिनिधिले हस्ताक्षर गरी सरोकारवाला र पत्रकारबीच सार्वजनिक गरिने बुुझिएको छ ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले आफ्नो कार्यकालभित्र प्रत्येक वर्ष नारायण नगरपालिकाका जनप्रतिनिधिले सम्पत्ति सार्वजनिक गर्नुपर्ने र यसको अनुसरण अन्य स्थानीय तहले पनि तत्काल गर्न आवश्यक रहेको बताएका छन् । ‘जनताको विश्वास प्राप्त जनप्रतिनिधिले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहमा सुशासन र पारदर्शिता कायम नै अहिले जनताको मुख्य चाहना हो ।’

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जनप्रतिनिधिप्रति नगरवासीको सकारात्मक सोच विकास गर्न सम्पत्ति सार्वजनिक गर्न लागिएको जानकारी दिए । नगर प्रमुख खड्काले भने, ‘निर्वाचित भइसकेपछि व्यक्तिगत जीवनबाट सार्वजनिक जीवनमा रहेर काम गर्दा जनताका प्रतिनिधिले सुशासन र पारदर्शितालाई आत्मसात् गर्नु महŒवपूर्ण कुरा हो ।’ आफ्नो कार्यकालभित्र जनप्रतिनिधिले भ्रष्टाचार गरे कि भन्ने भ्रमलाई जनताको मनवाट र गलत प्रचारवाजीलाई निस्तेज गर्न पनि सम्पत्ति सार्वजनिक अपरिहार्य रहेको उनको भनाइ छ ।

नारायण नगरपालिकाका जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक कार्यक्रममा जनप्रतिनिधिबाट कानुनी व्यवस्थामा उल्लेख भएअनुसार ३÷३ महिनामा २० प्रकारका सूचना सार्वजनिक गर्ने र वार्षिक रूपमा जनप्रतिनिधिले सम्पत्ति सार्वजनिक गर्र्र्ने प्रतिबद्धता पनि गरिने भएको छ ।

सम्पत्ति सार्वजनिक कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ दैलेख र सुन्दर नेपाल संस्था नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाले सहजीकरण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.