सभापोखरीको दर्शन गरी फर्किने क्रममा तिर्थयात्रीको मृत्यु
खाँदबारी : संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीबाट फर्किने क्रममा एकजना तिर्थयात्रीको मृत्यु भएको छ। सभापोखरीको पूजा गरेर फर्किएका पाँचखपन नगरपालिका-८, चुङखुरुङ आहालेका हर्कबहादुर न्यौपानेको शनिबार बाटोमा मृत्यु भएको स्थानीय थिरबहादुर राईले जानकारी दिएका छन्।
सभापोखरी गाउँपालिकामा रहेको सभापोखरी न्यौपानेसहित आठजना साउन २८ गते सभापोखरी गएका थिए। न्यौपाने चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए। सिकिस्त बिरामी परेका न्यौपानेलाई घर ल्याउन नसकेपछि शनिबार बिहान उद्धारका लागि १२ जना गएका थिए। न्यौपानेलाई लिएर फर्किने क्रममा तेर्से भन्ने स्थानमा उनको मृत्यु भएको हो।
शुक्रबार पनि सभापोखरीमा तीनजना तिर्थयात्री बिरामी परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। भापोखरीमा गुरुपूर्णीमादेखि जनैपूर्णिमासम्म भक्तजनको भीड लाग्ने गर्छ। जिल्ला बाहेक भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङसहित भारतबाट तिर्थयात्री आउने गर्छन्।।