पोखरामा डेढ लाख पर्यटक बढे

पोखरामा डेढ लाख पर्यटक बढे

पोखरा : पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ। विगतभन्दा २०७४/७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए।

उनले अघिल्लो वर्षभन्दा एक लाख ४१ हजार ६ सय ७१ पर्यटक बढी आएको जानकारी दिए। ‘नेपालीमात्रै हैन विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘२०७३/७४ मा विदेशी पर्यटक एक लाख ३९ हजार चार सय ७७ जना आएका थिए, २०७४/७५ मा एक लाख ७५ हजार २४ जना पर्यटकले विमान प्रयोग गरे।’ उनले आर्थिक वर्ष २०७३/७४ मा चार लाख ११ हजार पाँच सय ३६ जनाले हवाईमार्ग प्रयोग गरेकोमा २०७४/७५ मा पाँच लाख ५३ हजार दुई सय सात जना हवाई मार्गबाट आवतजावत् गरेको बताए।

पोखरामा विमानस्थलमा पछिल्लो एक वर्षमा दुई लाख ७० हजार दुई सय ३० जना हवाइमार्गबाट पोखरा प्रवेश गरेका छन् भने दुई लाख ८२ हजार नौ सय ७७ जना पोखराबाट बाहिरिएका छन्।

विमानस्थलको आम्दानी पनि ३४ प्रतिशतले बढेको उनले बताए। अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड २३ लाख आम्दानी बढेको उनले जानकारी दिए। आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४/७५ मा नौ करोड १७ लाख ३० आम्दानी गरेको बताए। पोखरा विमानस्थलले यात्रु सेवा शुल्क, जहाज आवतरण, ह्यांगर, घरभाडालगायत शीर्षकबाट आम्दानी गर्छ।

पोखराबाट दैनिक पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–चितवन र पोखरा–जोमसोम सिधा उडान हँदै आएको छ। बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलाइन्स, तारा एयरलायन्सलगायतले दैनिक करिब २० उडान भर्छन्।

थपिँदै उडान

पोखरामा पर्यटकीय सिजन सुरु हुनै लाग्दा एयरलायन्सहरूले फ्लाइट संख्या बढाउने तयारी थालेका छन्। पोखरा–काठमाडौं रुटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट तयारी गरेको बुद्ध एयरका पोखराका प्रमुख गौतम बरालले जानकारी दिए।

‘अहिले दैनिक आठ फ्लाइट छ’, उनले भने, ‘पर्यटकीय सिजनमा अग्रिम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक १२/१४ फ्लाइटको तयारी गरिरहेका छौं।’ उनले आइतबारदेखि पोखरामा नै राति पनि जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी गरेको बताए। यति एयरलाइन्सले पनि १२/१३ फ्लाइइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए।

सिम्रिक एयरलाइन्सका पोखरा प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि पाँच फ्लाइट थप पर्ने बताए। ‘अहिले दुई फ्लाइट हुँदै आएको छ’, उनले भने ‘सिजनको बेला ५/६ फ्लाइट उठान गर्नेछौं।’ गुरागार्इंले मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको जानकारी दिए। श्री एयरलाइन्स पनि पोखराबाट उडानका लागि तयारी गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.