धनीका हातमा ‘गरिब परिचय पत्र’

धनीका हातमा ‘गरिब परिचय पत्र’

बागलुङ : ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारका तमबहादुर विकको नाम गरिबको सूचीमा छ। यस बजारमा जग्गाको मूल्य लाखांै पर्छ। मालपोत कार्यालय समेत बसेको उनको ठूलो घरले उनी धनी या गरिब भन्ने सजिलै पहिचान हुन्छ। तर उनले गरिबको परिचय पत्र पाउनु पर्ने भन्दै कर्मचारीसँग लामै समय जिकिर गरे। काठेखोला गाउँपालिका ३ धम्जाका टेकबहादुर विक भारतीय सेनाबाट अवकाश प्राप्त हबल्दार हुन्। उनले प्रत्येक ६÷६ महिनामा सदरमुकाम आएर १ लाख ५० हजार बराबरको पेन्सन बुझ्छन्। तर, उनले यसै साता गरिबी परिचय पत्र ग्रहण गरे। उनी मात्रै होइन, सोही वडाका नुनबहादुर विक पनि भारतीय सेनाबाट अवकाश प्राप्त प्रहरी हबल्दार हुन्। उनले पनि गरिब परिचय पत्र बुझेका छन्।

लेखानी स्वास्थ्य चौकीका प्रमुख लक्ष्मीप्रसाद न्युरे सरकारी स्थायी जागिरे हुन्। स्थानीय स्वास्थ्य चौकीमा सिनियर अहेबको रुपमा कार्यरत रहेर आकर्षक तलब बुझ्ने उनको नाम गरिबको सूचीमा छ। तर गरिब परिचय पत्र वितरणका बेला काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विक नेतृत्वको टोलीले यो विषय थाहा पाएपछि परिचय पत्र दिन अस्वीकार ग¥यो। ‘उहाँले परिवारको लालन पालन र शिक्षाका लागि चाहिन्छ भनेर केही जोड पनि गर्नुभएको थियो, ’ विकले भने, ‘मैले प्रमुख जिल्ला अधिकारी ज्यूलाई फोन गरे, उहाँले पनि नदिन भने पछि रोकियो, यस्तो समस्या धेरै ठाउँमा देखिएको छ।’

धम्जाकै हुमाकुमारी विकले भने आफ्नो नाम गरिबको सूचीमा उल्लेख भएपनि उच्च नैतिकता देखाएरै परिचय पत्र नलिने जिकिर गरिन्। ‘म मेरो श्रीमानले भारतीय सैनिक भएर रगत पसिना बगाउँदाको पेन्सन नियमित बुझ्दै आएको छु, मेरो नाम के कसरी गरिबको सूचीमा राखियो ? मलाई थाहा छैन’, उनले भने, ‘यो गरिब परिचय पत्र म लिन्न, यो वास्तविक गरिब, विपन्नलाई दिनुस्, उनीहरुको कल्याण हुनेछ।’

यी प्रतिनिधि घटनाले सरकारले गरिबलाई वितरण गरिने भनिएको ‘गरिब परिचयपत्र’ बागलुङ जिल्लामा धनीलाई वितरण भइरहेको पुष्टि गरेको छ। गरिब घर परिवार पहिचानका बेला हचुवाका भरमा बिवरण संकलन गर्दा र सम्बन्धित नागरिकले पनि सेवा सुविधा पाउने लालचाले यस्तो समस्या धेरै ठाउँमा देखिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत धनप्रसाद पोखरेलले बताए। ‘गरिब परिचयपत्र वितरण सुरु गरेपछि २० प्रतिशत जति धनी व्यक्ति गरिबको सूचीमा भएको गुनासो आएको छ,’ पोखरेलले थपे, ‘यसमा कसैले गणना गरेको ६ वर्षमा अहिले कमाउन सफल भएको र गणनामा सम्लग्न सामाजिक परिचालकले आफूहरुलाई जे भने त्यही संकलन गरेको बताएका छन्। जस्तो अवस्थामा जे तरिकाबाट जसरी गरियो, समस्या त्यहीबाट सुरु भएको देखिन्छ।’

यस्तो समस्या काठेखोलाका साथै गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, तमानखोला, निसीखोला, जैमिनी नगरपालिकामा बढी देखिएको स्थानीयले गुनासो गरेका छन्। गरिब परिचय पत्र वितरण गरिएकोमा धेरैले आँकलन र अनुमान नै नगरेका व्यक्तिहरू अस्वभाविक रुपमा परेका छन्। सरकारले निम्न वर्गलाई लक्ष्य गरी ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले सामाजिक सञ्जाल लगायतका माध्यमबाट विरोध समेत जनाएका छन्। जननिर्वाचित प्रतिनिधि आइसकेको व्यापक सुधार र परिवर्तनको अपेक्षा गरिएको बेला समाजका सम्पन्न परिवारलाई अति गरिब परिचयपत्र वितरण गरेकोमा उनीहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले ०६९, ७० र ७१ सालमा गरेको गरिब घरपरिवार पहिचान सर्वेक्षणमा छनोट भएका परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने कार्य जिल्लाभर भइरहेको छ। लगत संकलन गर्ने बेला केही त्रुटि भएकाले अहिले आफूहरु वितरण गर्न जाँदा समेत ठूलो समस्या र दबाब खेप्ने अवस्था आएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए। ‘गत वर्ष जिल्लाको निसीखोला गाउँपालिकामा गरिब परिचयपत्र वितरण गरेपछि धनीले पाएको व्यापक गुनासो आएको थियो, त्यसपछि अन्य स्थानीय तहमा यो वितरण नगर्न भनेर केन्द्रमा ध्यानाकर्षण पनि गराएका थियौ’, उनले भने, ‘तर हाम्रो आग्रह र सुझावको बेवास्ता गर्दा अहिले सबै ठाउँमा समस्या देखिएको छ, यसबारे सबै क्षेत्रबाट हामीकहाँ गुनासो र सुझाव आएको छ, हामी फेरी यसको पुर्नगणना या पुर्नविचारका लागि गम्भीर ढगंले ध्यानाकर्षण गराउने छौ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.